Pashupatinath Buddha Temple

पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्डको तर्फबाट भर्चुअल देऊसी भैलो कार्यक्रम, २०२० हुनेः

आदरणीय ग्रेटर बष्टन क्षेत्रमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली भाषा, कला, एवं संस्कृतिमा विस्वास गर्नु हुने महानुभावहरुमा नमस्कार ।

यस पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्डले हरेक बर्ष नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा देऊसी-भैलो कार्यक्रमको आयोजना गर्दै आएको यहाँमा विधितै छ । सोही अनुरुप यस बर्ष पनि यस महामारीको कठिन अवस्थाका बाबजुद तल उल्लेखित मितिमा बष्टन शुसेली समुह, एभरेष्ट व्याण्ड, तथा अन्य थुप्रै स्थानिय कलाकारहरुका साथमा “भर्चुअल” देऊसी-भैलो कार्यक्रम, २०२० को आयोजना हुन गैरहेको छ ।

विशेषत: लामो समयको अथक प्रयास पश्चात हाम्रो आफ्नै भवन खरिद गर्न सफल भई हाल उक्त भवन हाम्रो आफ्नै मौलिक रुपमा पुनर्संरचना गर्ने कार्य भई रहेको यस अवसरमा यो बर्षको देऊसी-भैलोको महत्व अझ विशेष हुने कुरामा कुनै फरक मत हुनै सक्दैन ।

भर्चुअल माध्यामबाट यहाँहरू आ-आफ्नै घरमा बसी सहभागी हुन सक्ने यस देऊसी-भैलो, २०२० कार्यक्रममा सहभागी भई देऊसी-भैलो खेली खुशी समेत साटासाट गर्नु पर्ने यो क्षणमा सकेसम्म यस न्यू ईगंल्याण्ड क्षेत्रमा बसोबास गर्ने समस्त नेपाली कोही पनि सुचनाबाट वन्चित हुन नपरोस् भन्ने मनसायका साथ आफुले चिने-जानेका सबैमा यो देऊसी-भैलो कार्यक्रमको जानकारी पुर्यांऊ । आफु स-परिवार सहभागी बनौं र सबैलाई स-परिवार सहभागी हुन अनुरोध गरौं ।

कार्यक्रम मितीः २०२० नोभेम्बर १५, आईतबार

समयः साँझ ५:०० बजे देखि