पशुपतिनाथ बुद्ध फउण्डेशन अफ न्यू ईङ्गल्याण्डके कार्यसमितिको पूर्ण बैठक जनवरी 27, आईतवार, 2019 का दिन संस्थाका चेयर पर्सन मिलन गुरूङ्गको अध्यक्षतामा नमस्ते नेपाली रेष्टुरेन्ट स्ट्यानह्याम, म्यासाच्युसेटमा सम्पन्न भयो। महासचिव विरोचन नेपाल र ध्रुव घिमिरेले सञ्चालन गर्नुभएको बैठकमा अध्यक्ष विष्णुमणि आचार्य र कोषाध्यक्ष सुशिल पौडेलले संस्थाको वार्षिक साधारण सभा देखि यस बैठक सम्समको संस्थाको प्रगति विवरण र आर्थिक विवरणहरू माथि प्रकाश पार्नुभएको थियो।