Pashupatinath Buddha Foundation of New England | PABFONE

पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू ईङ्गल्याण्ड
Pashupatinath Buddha Foundation of New England | PABFONE

बार्षिक साधारण सभा २०२२ को सुचना

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको बार्षिक साधारण सभा २०२२ बारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय पदाधिकारीज्यूहरू, बोडअर्फ डाईरेक्टरज्यूहरू तथा मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्मपूर्ण नेपाली भाषि महानुभाबहरू । पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको फरवरि २३ तारेख वसेको पूर्ण बैठकको निर्णयले यस सस्थाको बार्षिक साधारण सभा निम्न स्थान, मिति र समयमा गर्ने निर्णय गरे अनुसार सस्थाको विधान २०१२ को दफा ८ को अधिनमा रहि यो सूचना गरिएको छ । उक्त बार्षिक साधारण सभामा निम्नानुसार बिषयहरूमा छलफल भै निर्णय गरिने हुदाँ उपस्थितिको लागी सम्वधित सबैमा हार्दिक अनुरोध छ ।

बार्षिक साधारण सभामा छलफल हुने बिषयः-

  • सस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत छलफल र अनुमोदन ।
  • सस्थाको बार्षिक आयब्ययको विवरण प्रस्तुत छलफल र अनुमोदन ।
  • लेखापरिक्षकको नियूक्ति छलफल र अनुमोदन ।
  • आगामि बार्षिक कार्यक्रमको विवरण प्रस्तुत छलफल र अनुमोदन ।
  • नया कार्य समिति चयन बारे ।
  • विविध ।

(नोटः-बैठकको निर्णय वमोजिम सस्थाको नयॉं कार्यसमिती चयनको लागी आवश्यक काम गर्न डाक्टर उषा शर्माको संयोजकत्वमा प्रेम तमाङ र ईच्छा खड्का रहनु भएको निर्वाचन समिती गठन गरीएको छ।)

बार्षिक साधारण सभा हुने स्थान :-

PABFONE Home

594 Washington St

Braintree MA 02184

मिति :- मार्च २७ तारेख आईतबार २०२२

समय :- दिनको २ वजे देखि ।

धन्यबाद

गौरव थपलिया

महासचिब

पशुपतिनाथ वुध्द फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड PABFONE

२७ फरवरि २०२२