Pashupatinath Buddha Temple

पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु ईगंल्याण्डको बोर्ड अफ ट्रष्टि तथा कार्यकारिणी समितीको संयुक्त बैठक सम्पन्न: यही मिति २०२० सेप्टेम्बर ३, बिहिबार सॉंझ ६:०० बजे समसामयिक/परिवर्तित अवस्थाका विषयमा छलफल गरी यस पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु ईगंल्याण्डको बोर्ड अफ ट्रस्टी र कार्यकारिणी समितीको संयुक्त बैठक जुम मार्फत सम्पन्न भयो ।

यस संस्थाका संस्थापक अध्यक्ष तथा बोर्ड अफ ट्र्ष्टिका अध्यक्ष श्री बिष्णुमणी आचार्य आफ्नो व्यक्तिगत पारिवारिक कारणले केही समयका लागी अन्य राज्यमा रहनु पर्ने भएकाले हाल उहॉंले सम्हाली रहनु भएको बोर्ड अफ ट्रष्टिको अध्यक्ष लगायतका पदीय जिम्मेवारीबाट केही समयका लागी बिश्राम लिने प्रश्ताव गर्नु भएकोमा यस अघी सम्पन्न बोर्ड अफ ट्रष्टिको बैठकले उहॉंको उक्त चाहनालाई मध्यनजर गर्दै बोर्ड अफ ट्रष्टिको अध्यक्षमा तात्कालीन “बष्टन सप्ताह २०१७” का संयोजक श्री शुसिल पौडेल ज्युलाई चयन गरेकोले यस बोर्ड अफ ट्रस्टी र कार्यकारिणी समितिको संयुक्त बैठकले संस्थाका संस्थापक अध्यक्ष तथा बोर्ड अफ ट्रष्टीका निवर्तमान अध्यक्ष श्री बिष्णुमणी आचार्यलाई बष्टन क्षेत्रमा पशुपतिनाथको मन्दिर, बौद्ध स्तुपा सहितको नेपाली कम्यूनिटी भवनको स्थापनाको उदेश्य राखी यस संस्थापको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुकासाथै शुरुका दिन देखी आजका दिनसम्म निर्तन्तर नेतृत्व प्रदान गरी यस संस्था स्थापनाको उदेश्य अनुरुपको कार्य समेत सम्पन्न गरी आफ्नो जिम्मेवारी पुरा गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै भविष्यमा पनि उहॉंको निरन्तर सहयोग, सुझाव, र सल्लाह पांउने अपेक्षाका साथ उहॉंको आगामी समयमा निरन्तर प्रगति र सफलताका लागी शुभकामना प्रदान गरियो । यस बैठकले संस्थाको बोर्ड अफ ट्रष्टिको अध्यक्ष पदमा चयन हुनु भएकोमा नव नियुक्त अध्यक्ष श्री शुसिल पौडेल ज्युलाई यस गरिमामय पदमा चयन हुनु भएकोमा बधाई तथा उहॉंको सफल कार्यकालकालागी शुभकामना प्रदान गरियो ।

“बष्टन सप्ताह २०१७” तथा अन्य विविध अवसरमा पशुपतिनाथको मन्दिर र बुद्ध स्तुपा सहितको नेपाली सामुदायिक भवन निर्माणको उत्कट अभिलासा परिपुर्तिका लागी यहॉंहरुबाट प्राप्त बचनवद्दतालाई नै मुल आधारमानी भवन खरिद प्रकृया सम्पन्न भई हाल भौतिक नवीकरण तथा मन्दिर एवं स्तुपा निर्माण कार्य भईरहेको अवस्थामा यसलाई सम्पन्न गर्न यहॉंहरुको सहयोग अपरिहार्य भएका कारण विविध समयमा भएका बचन वद्दता अनुरुपको बॉंकी रकम यथाशीघ्र उपलब्ध गराई उदेश्य परिपूर्तिका लागी सहयोग गरिदिनुहुन अनुरोध गर्ने निर्णय गरियो। साथै यस अघी सहयोग वा वचनबध्धताको अवसर नमिलेको तर सहयोगको अभिलाषा रहेका कोही महानुभाव हुनु हुन्छ भने नयॉं वचन वद्दतताका साथ आफुले सकेको आर्थिक सहयोग समेत गरिदिनु हुन समेत अनुरोध गर्ने निर्णय गरियो ।

यस बष्टन क्षेत्रमा पशुपतिनाथको मन्दिर र बुद्ध स्तुपा सहितको नेपाली सामुदायिक भवन निर्माणको उत्कट अभिलासा परिपुर्तिका लागी गठीत पशुपति बुद्ध फाउण्डेशन अफ न्युईगंल्याण्ड उदेश्य मुताविक सफलताको पथमा अगिबढिरहेको यहॉंहरुमा अवगत नै छ । यसकालागी भवनको भौतिक नवीकरण भैरहेकोमा भौतिक नवीकरण र यसको संस्थागत संचालनका लागी यो मन्दिर/भवन व्यवस्थित नहुंदा सम्म यसको दैनिक संचालन र व्यावस्थापनका लागी यस अघिको साधारण सभाबाट हामी सबैले बार्षिक सदस्यता वापत $२०० बुझाई बार्षिक सदस्य बन्ने भन्ने निर्णय भएकोले सो बमोजिम बार्षिक सदस्य बनी सहयोग गरिदिनुहुन सबैमा अनुरोध गर्ने निर्णय गरियो । यसले हामिलाई यस भवनको भौतिक नवीकरण यथाशीघ्र सम्पन्न गर्न र चॉंडो भन्दा चॉंडो भवन संचालनमा ल्याउन मद्दत पुर्याउने छ ।

अत: यथाशीघ्र बॉंकी रकम उपलब्ध गराईदिनु हुन तथा बार्षिक सदस्यता लिईदिनुहुन अनुरोध समेत गर्ने निर्णय गरियो। (पुन:श्च: उक्त बार्षिक सदस्यता शुल्क वापतको $२०० यहॉंको वचनवध्धता भएकोमा उक्त वचनबध्धताको रकममाथी थप हुंदै जानेछ । पहिले वचनबध्धता नभएकोमा यसलाई $००० वचनबध्धता मानी सोही माथी थप गर्दै लगिने छ । यदि यहॉंले चहानुभएमा थप नयॉं वचनबध्धता पनि व्यक्त गर्न सक्नु हुनेछ ।)

अन्त्यमा: यस संस्थामा हालसम्म भएका सम्पुर्ण गतिविधिहरु पारदर्शी रहेका र आऊदा दिनहरुमा समेत सोही विषयलाई निरन्तरता दिने र कहीं कतै कुनै विषयमा अस्पष्टता भएमा, वा जिज्ञासा भएमा, वा सुझाव भएमा, वा जानकारी भएमा सोझै आधिकारिक व्यक्तिहरुलाई सम्पर्क गर्न समेत अनुरोध गर्ने निर्णय गरियो ।

धन्यवाद ।
परशुराम फुयाल
प्रवक्ता कार्यकारिणी समिती
पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु ईगंल्याण्ड