अमेरिकाको बोष्टनमा पशुपतिनाथ बुद्ध फाऊण्डेशनको साधारण सभा सम्पन्न ।

यम पौडेल । बोष्टन ।
अमेरिकाको बोष्टनमा पशुपतिनाथको मन्दिर र बुद्ध स्तुपा सहित नेपाली कम्युनिटि सेन्टर बनाउने अभियानमा लागिपरेको नेपाली संस्था पशुपतिनाथ बुद्ध फाऊण्डेशनको प्रथम साधारण सभा हिजो ७ तारिख समरभिलको मसाला रेष्टुरेष्टको सभा हलमा अत्यन्तै सौहार्दपुर्ण वातावरणमा सम्पन्न भयो । सभाले फाऊण्डेशनका हालसम्म गरेका काम संयुक्त भैलीधौसी ,संस्था दर्ता, कार्यकारिणि समिति अन्य समिति एवं नरऊड र समरभिलमा सब कमिटि गठन, विधान निर्माण, बैङ्क खाता सञ्चालन, बेवसाइड निर्माण, ब्रुसर प्रकाशन, पे- पल एकाऊण्ट खडा,जस्ता सम्पन्न भएका कार्य प्रगति विवरण र फाऊण्डेशनको आर्थिक प्रतिबेदनलाइ पास गरेको छ भने सेक्रेटेरियट रिपोर्ट मा समावेश संस्थाको आगामी कार्यक्रमलाई समेत पास गरेको छ । साथै फाऊण्डेशनको लेखा परिक्षकमा पुष्कर न्यौपानेलाई सर्बसम्मतिले नियुक्त गरेको छ ।