कार्यसमितिको पूर्ण बैठक सम्पन्न

आज मिति फेब्रुअरी १८, २०१८ आईतबारको दिन श्री मिलन गुरुङको सभापतित्व तथा सँस्थाका अध्यक्ष श्री विष्णुमणि आचार्यको अध्यक्षतामा सम्पन्न भयो।

यस बैठकमा अर्थसमितिले आर्थिक विवरण पेश गर्यो। आगामी बुद्ध जयन्ती State House मा मनाउनको लागि आवश्यक पहल भैरहेको बारे अध्यक्ष श्री विष्णुमणि आचार्यले जानकारी दिनुभयो।

प्राविधिक समितिले वेबसाइट, सोसल मिडिया तथा प्रचार प्रसार सम्बन्धि योजना प्रस्तुत गरियो र छलफल गरि अनुमोदन गरियो।