कार्यसमितिको पूर्ण बैठक सम्पन्न


पशुपतिनाथ बुद्ध फउण्डेशन अफ न्यू ईङ्गल्याण्डके कार्यसमितिको पूर्ण बैठक जनवरी 27, आईतवार, 2019 का दिन संस्थाका चेयर पर्सन मिलन गुरूङ्गको अध्यक्षतामा नमस्ते नेपाली रेष्टुरेन्ट स्ट्यानह्याम, म्यासाच्युसेटमा सम्पन्न भयो। महासचिव विरोचन नेपाल र ध्रुव घिमिरेले सञ्चालन गर्नुभएको बैठकमा अध्यक्ष विष्णुमणि आचार्य र कोषाध्यक्ष सुशिल पौडेलले संस्थाको वार्षिक साधारण सभा देखि यस बैठक सम्समको संस्थाको प्रगति विवरण र आर्थिक विवरणहरू माथि प्रकाश पार्नुभएको थियो।

यस बैठकले बोस्टन सप्ताहमा दान दिने भनि प्रतिबद्धता गर्नुहुने दाताहरूको सजिलोको लागि Direct Deposit सेवा सुरू गर्ने निर्णय गरियो। यो सेवा सुरू भएपछि दाताहरूको खाता रहेको बैंक बाट संस्थाको बैंक खातामा दाताले चाहे अनुसारको रकम हरेक महिना डिपोजीट हुनेछ । यो सेवा लिनको लागि दाताले आफ्नो नाम, ठेगाना, ईमेल, र मासिक दान गर्न चाहेको रकम संस्थालाई उपलब्ध गराउनु पर्नेछ। त्यसपछि संस्थाको खाता रहेको बैंकले दातालई ईमेल मार्फत Direct Deposit सुरू गर्नको लागि सूचना पठाउनेछ।

Direct Deposit सुरू गर्न चाहने दाताहरूको विवरण संकल गर्नको लागि सप्ताह आयोजना गर्दा गठन भएका समितिका सदस्यहरूलाई जिम्मा दिईएकोछ।

संस्थाका सबै गतिविधिहरूलाई संस्थाको आधिकारीक वेबसाईट www.pabfone.org मा नियमीत रूपमा प्रकाशित गर्ने निर्णय गरिएको छ।