जरूरी पूर्ण बैठक बस्नेबारे निमन्त्रणा।

आदरणीय , बोस्ट्नबासी दिदिबहिनी तथा दाजुभाइहरु नमस्कार !

आगामी 02/23/2019 (सनिवार) बेलुका 5:00 देखी 7:00 सम्म 43 Manning Road , Billerica, MA मा पशुपतिनाथ बुद्ध फाउन्डेसन को पुर्ण बैठक बोलाएको कुरा जानकारी गराउदै सबै कार्यसमितिका साथीहरू , सल्लाहकार ज्युहरु , सामाजिक अभियन्ता ज्युहरु ,सबै दान दाता र सुभचिन्तक सबै मा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछु.

मासाचुसेस बासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरु PABFONE ले हामी सबैका लागी पशुपतिनाथको मन्दिर , बुद्ध स्तुपा, र कम्युनिटी सेन्टेर संचालन गर्न सकिने र भवनमा बाकी रहेको स्थान भाडामा बाट हाम्रो सम्पुर्ण खर्च पुगि बचत पनि हुने खालको भवन पाइयको र उक्त भवनमा नै बैठक बोलाइएको ले याहाहरुले उपस्थितिभै भवन हेरि आफ्नो राय दिइदिनुहुन विनम्र अनुरोध गर्दछौं । भवन 43000 SF ठुलो र 120 भन्दा बढी Parking सहितको छ। तरपनी याहाहरुको सुझाव र सल्लाहको आधारमा नै अगाडि बढीने हो तेसैले उपस्थितिको लागी विनम्र अनुरोध गर्दछु।

Address : 43 Manning Rd
Billerica, MA 01821
Date: 02/23/2019( Saturday )
Time: 5:00 pm

बिष्णु मणि आचार्य
अध्यक्ष
PABFONE