अत्यन्त जरूरी विशेष साधारण सभा बस्नेबारे सूचना।

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी विशेष साधारण सभा बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

लामो समयको प्रतिक्षा पश्चायत नेपाली कम्यूनिटी सेन्टरको लागी सबै दृश्ट्रिले उपयूक्त देखिएको 630 Boston Rd,

Billerica, MA 01821को भबन गत मार्च २६ तारेख मंगलबार हेरी,उक्त स्थानमा नै बोलाईएको पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको कार्य समितिको बैठक बसि सो भबन किन्न आबश्यक कार्य गर्ने भन्ने एक मतले निर्णय गरे पश्चायत हाम्रो तर्फबाट अफर गरिएकोमा उक्तअफर स्विकर भएको र सोहि बैठकले “हामीले पेश गरेको अफर स्विकर भएको अबस्था विशेष साधारण सभा आयोजना गरी सभाको निर्णय बमोजिम आबश्यक निर्णय गर्ने” भन्ने निर्णय भए बमोजिम अब सस्थाले अत्यन्त सुझबुज पूर्ण छलफल गरी निर्णय गर्नुपर्ने भएकोले अत्यन्त जरूरी विशेष साधारण सभा निम्न स्थान, मिति र समयमा निम्न विषयहरू उपर छलफल गरि निर्णय गर्ने गरी बोलाईएको हुदाँ सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

“आदरणीय महानुभाबहरू यो जरूरी विशेष साधारण सभा अत्यन्त महत्वपूर्ण सभा हो तसर्थ कोही नछुटौ सबैले सबै क्षेत्रमा खबर गरी धेरै भन्दा धेरैको सहभागीता मा निर्णय गरौ ।”

विशेष साधारण सभामा छलफल हुने बिषयः-

१ कम्यूनिटी भबनको लागी 630 Boston Rd, Billerica, MA 01821 को भबन खरिद गर्न सस्थाको कार्य समितिले गरेको निर्णय अनुमोदन र खरिद गर्नका लागी आबश्यक सम्पूर्ण विषयहरू उपर छलफल गरी निर्णय गर्ने बारे ।

२ कम्यूनिटी भबन खरिदका लागी आबश्यक रकम संकलन के कसरी गर्ने भन्ने बारे छलफल गरी निर्णय गर्ने बारे ।

३ विविध ।

जरूरी विशेष साधारण सभा हुने स्थान :-

हिमालयन विष्ठो

(Himalayan Bistro)

1735 Centre St,

West Roxbury, MA 02132

मिति :- मार्च ३१ तारेख आईतबार २०१९

समय :- साँझ ६ बजे देखि ।

धन्यबाद

महासचिबहरू

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड

PABFONE

मार्च २८ तारेख २०१९