अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सूचना।

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

यस सस्थाको गत मार्च ३१ तारेख आईतबार २०१९ मा सम्पन्न जरूरी विशेष साधारण सभाले नेपाली कम्यूनिटी सेन्टरको लागी 30 Boston Rd, Billerica, MA 01821 को भबन खरिद गर्न आबश्यक कार्य गर्नाका लागी कार्यसमितीलाई अख्तियार प्रदान गरे मुताबिक उक्त भबन खरिद गर्न आबश्यक कार्यहरू गरी अप्रिल १७,२०१९ का दिन P&S मा हस्ताक्षर भै सकेको छ तसर्थ उक्त भबन खरिद प्रकॄया संग सम्वन्धित सबै बिषयहरू उपर छलफल गरी निर्णय गर्नुपर्ने भएकोले अत्यन्त जरूरी बैठक निम्न स्थान, मिति र समयमा निम्न विषयहरू उपर छलफल गरि निर्णय गर्ने गरी बोलाईएको हुदाँ सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

बैठकमा छलफल हुने बिषयः-

१ कम्यूनिटी भबनको लागी 630 Boston Rd, Billerica, MA 01821 को भबन खरिद गर्न P&S मा हस्ताक्षर समेत भै सकेको हुदाँ आगामि दिनमा गर्नुपर्ने कामहरूको बारेमा छलफल र आबश्यक जिम्मेवारीहरू तोक्ने बारे ।

२ कम्यूनिटी भबन खरिदका लागी आबश्यक रकम संकलन के कसरी गर्ने भन्ने बारे छलफल गरी निर्णय गर्ने बारे ।

३ गत विशेष साधारण सभाले गत वोस्टन सप्ताहमा चन्दा रकम बोल्नुहुने महानुभाबहरूबाट रकम संकलन गरी ल्याउन विभिन्न क्षेत्र तोकि विभिन्न ब्यक्तित्वहरूलाई जिम्मेवारी तोकेकोमा सो क्षेत्रहरूबाट उठेको रकम बुझने-बुझाऊने,आफ्नो क्षेत्रमा भएको कामको प्रगति विबरण बुझने-बुझाऊने र सो माथी क्षलफल र आबश्यक निर्णय गर्नेबारे।

४ विविध ।

बैठक हुने स्थान :-

58 Montvale Ave, Stoneham, MA 02180-3605, United States (Namaste Nepali Resturant)

मिति :- अप्रिल २१ तारेख आईतबार २०१९

समय :- साँझ ५:३० बजे देखि ।

धन्यबाद

महासचिबहरू

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड

PABFONE

अप्रिल १८ तारेख २०१९