पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

नेपाली कम्यूनिटी सेन्टरको लागी 630 Boston Rd, Billerica, MA 01821 को भबन खरिद गर्न आबश्यक काम भैरहेकोमा सो खरिद प्रकृयाका बारेमा यस विचमा भएका केही महत्वपूर्ण बिषयहरूमा जानकारी दिन, अघिल्ला बैठकहरूको निर्णयहरुको समिक्षा र उक्त भबन खरिद प्रकॄया संग सम्वन्धित अन्य महत्वपूर्ण बिषयहरू उपर छलफल गरी निर्णय गर्नुपर्ने भएकोले अत्यन्त जरूरी बैठक निम्न स्थान, मिति र समयमा बोलाईएको हुदाँ सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

बैठक हुने स्थान :-

58 Montvale Ave, Stoneham, MA 02180-3605, United States (Namaste Nepali Resturant)

मिति :- मे ५ तारेख आईतबार २०१९

समय :- साँझ ५:३० बजे देखि ।

धन्यबाद
महासचिबहरू
पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड
PABFONE
मे १ तारेख २०१९