पशुपतिनाथ वुद्ध फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको जरूरी बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा

पशुपतिनाथ वुद्ध फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको जरूरी बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

नेपाली कम्यूनिटी सेन्टरको लागी आबश्यक सबै पूर्वाधारहरू भएको 594 Washington st. Braintree,MA 02184 स्थित First Baptist Church खरिद गर्नाका लागी
हामीले पेश गरेको अफर स्विकर भै गत जून २८ तारेख २०१९मा बोलाईएको सस्थाको जरूरी विशेष साधारण सभाले कार्यसमितीले पेश गरेको उक्त भबन किन्ने प्रस्ताबलाई एक मतले पारित गरी P&S मा हस्ताक्षर गर्न अनुमति दिए मूताबिक गत जूलाई ३ तारेख बुधबार २०१९ मा P&S मा हस्ताक्षर भएको छ ।
आदरणिय महानुभाबहरू
विगतका अनुभबहरूबाट शिक्षा लिदै यस पटक बुझ्नु पर्ने सबै बिषयहरूमा संवन्धित क्षेत्रका ज्ञाता र प्राबिधकहरू समेतको सहयोग लिई बुझि,सोचबुझ पूर्णरूपमा P&S मा हस्ताक्षर गर्ने काम भएको छ । दशकौ देखि मासाच्यूसेट राज्यमा नेपाली कम्यूनिटी सेन्टरको स्थापनाको सपना साकार हुने सम्भाबना करिब करिब पूरा हुने लक्ष्य तर्फ अघि बडेको छ ।कुनै भबितब्य परेको अबस्थामा बाहेक आगामी एक महिना भित्र उक्त भबन हामीले पास गरेर लिई सक्नु पर्नेछ , हामीले गत बोस्टन सप्ताहमा दान रकम घोषणा गर्नुहुने सबै महानुभाबहरूलाई जानकारी गराई छिठो भन्दा छिठो उक्त रकम उठाउन सबैको सहयोगको आबश्यकता छ । तसर्थ यसै भबन खरिद प्रकॄया संग संवन्धित समग्र बिषयहरू उपर गहन छलफल गरि निर्णय गर्नुपर्ने भएकोले जरूरी बैठक निम्न स्थान, मिति र समयमा बोलाईएको हुदाँ तोकिएको समयमै सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

छलफल हुने बिषयः-

१ कम्यूनिटी भबनको लागी 594 Washington st. Braintree,MA 02184 को भबन खरिद गर्नका लागी आबश्यक सम्पूर्ण विषयहरू उपर छलफल गरी निर्णय गर्ने बारे ।

२ कम्यूनिटी भबन खरिदका लागी आबश्यक रकम संकलन के कसरी गर्ने भन्ने बारे छलफल गरी निर्णय गर्ने बारे ।

३ विविध ।

बैठक हुने स्थान :-

First Baptist Church
594 Washington st. Braintree,MA 02184

मिति :- जूलाई १४ तारेख आईतबार २०१९

समय :- साँझ ठिक ५ बजे देखि ।

धन्यबाद
महासचिबहरू
पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड
PABFONE
जूलाई १० तारेख २०१९