पूर्ण बैठकमा सम्वन्धित सबैलाई निमन्त्रणा

पशुपतिनाथ वुद्ध फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

न्यू ईग्ल्याण्डबासि आदरणीय महानुभाबहरू गत अगस्ट ७ तारेख बुधबार २०१९ का दिन मासाच्यूसेट राज्यको 594 Washington st. Braintree,MA 02184 स्थित First Baptist Church नेपाली कम्यूनिटी सेन्टरको लागी खरिद गरिलिने कार्य सम्पन्न भएको छ । भबन खरिद पश्च्यात भबन संचालन संग सम्वन्धित सबै विषयहरूमा छलफल गरी निर्णय गर्नुपर्ने भएकोले

जरूरी बैठक निम्न स्थान, मिति र समयमा बोलाईएको हुदाँ तोकिएको समयमै सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

छलफल हुने बिषयः-

१ कम्यूनिटी भबन संचालन सम्वन्धि

आबश्यक सम्पूर्ण विषयहरू उपर छलफल गरी निर्णय गर्ने बारे ।

२ अर्थ संकलन,भबन खरिद गरीदातकको खर्च विबरण बारे छलफल गरी निर्णय गर्ने बारे ।

३ आगामी साधारण सभाको तयारी बारे ।

४ विविध ।

बैठक हुने स्थान :-

नेपाली कम्यूनिटी सेन्टरको सभाहल

594 Washington st. Braintree,MA 02184

मिति :- अगस्ट १८ तारेख आईतबार २०१९

समय :- साँझ ठिक ५:३० बजे देखि ।

धन्यबाद

महासचिबहरू

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड

PABFONE

अगस्ट १४ तारेख २०१९

नोट:-

(बोस्टन सप्ताहमा दान रकम घोषणा गरी दान रकम नबुझाई सक्नु भएका सबै महानुभाबहरूलाई खबर गरि दान रकम उठाई ल्याउन गत बैठकले क्षेत्र र जिम्मेवारी तोके बमोजिम जिम्मेवारी लिनुहुने सबैले रकम नबुझाई सक्नुभएक सबैलाई खबर गरी दान रकम समेत लिई बैठकमा उपस्थित हुनुहुन सबैलाई सविनय अनुरोध छ ।)