बोष्टनमा पशुपतिनाथ र बुद्दको स्तुपा सहित नेपाली कम्युनिटी सेन्टरको लागी भवन किनियो।

यम पौडेल / बोष्टन / अगष्ट ९, २०१९

अमेरिकाको बोष्टनमा पशुपतिनाथ र बुद्दको स्तुपा सहित नेपाली कम्युनिटि सेन्टर बनाऊन ऊपयुक्त भवन सत्र लाख पचास हजार डलरमा खरिद गरिएको छ । सो कार्य अस्ति अगष्ट ७,२०१९ मा सम्पन्न भएको हो । बिदेशको बिषम परिबेशमा दुख सुखको सामना गर्दै खाई नखाई दुइ चार डलर सँकलन गर्दै बोष्टनमा यसपटक नेपालीले गर्व लायक काम गरेका छन । भवन किनेपछि अस्ति बुधबार नै कार्यक्रम हलको दाया बाया स्टेजलाई स्वयँम्भु र पशुपतिनाथका शोभायमान दुइ मन्दिर राखी सजाईएको छ भने छुट्टाछुट्टै अन्य दुइ ठुला कोठामा बुद्द र पशुपतिनाथको मन्दिर राखी पुजा आजा ध्यान प्रार्थनाको ब्यबस्था मिलाईने जनाईएको छ ।

भवन किनेको खुसीमा बुधबार बेलुका सयौ नेपालीको सहभागितामा केक काटदै मिष्ठान्न प्रसाद ग्रहण गरियो । त्यसपछि बोष्टनको नेपालीबृतमा खुसीले छाएको छ, आ- आफ्नो मेडिया साइट फेसबुक ट्विटर वेवसाईड जताततै बधाई र शुभकामना आदान प्रदान भइरहेको छ । बोष्टनमा नेपाली कम्युनिटि सेन्टर सँचालन गर्ने नेपालीको बर्षौ देखिको चाहना हो, यसको लागी २०१२ मा श्री पशुपतिनाथ बुद्द फाऊण्डेशन न्यु ईङ्गलैण्ड ( प्याब्फोन ) गठन भएको थियो यसले हरेक बर्षका भैली धौसी र अन्य सुखद अवशरमा दान सँकलन गर्दै २०१७ मा अगष्ट ६-१३ सम्म श्रीमदभागवत ज्ञानमहायज्ञ सप्ताह लगाईएको थियो ।सप्ताहको नगद तथा कबोल रकम गरेर करिब १.८ मिलियन डलर सँकलन भएको र पछिल्लो दुई बर्षमा दर्जनौ घर हेर्दै जादा पछिल्लोपटक १.७५ मिलियन डलरमा ब्रेनट्रिको घर स्विकृत भएको थियो ।

भवन खरिद गर्ने क्रममा नेपाली हरु बकिल सहित नर्थफोक काऊन्टी स्थित मालपोत कार्यालयमा गई दुबै पक्ष बिच हस्ताक्षर गरी नेपाली कम्युनिटि सेन्टरको लागी पशुपतिनाथ बुद्द फाऊण्डेशनको नाममा घर नामसारी गर्ने काम सकेका थिए । 594 Washington st. Braintree,MA 02184 स्थित जग्गा स्पेश ०.५३ एकड ( करिब ४.२४ रोपनि जग्गा) भएको सन १९६३ मा बनेको, घर स्पेश १४,४०० स्क्वायर फुट को ,अफिसियल पार्किङ ४७ र बरपर बाटोमा थुप्रै पार्किङ गर्न सकिने , आफु अनुकुल केहि मर्मत गर्न परे पनि तत्काल केहि बनाऊन नपर्ने , कार्यक्रम हल स्टेज कुर्चि फर्निचर भएको , हलको माथिल्लो भागमा बल्कोनी जस्तै बस्नमिल्ने भाग ,तल्लो तला किचन हल भएको , नेपालीलाई चाहिने पशुपतिनाथ मन्दिर र बुद्द स्तुपाको लागी छुट्टाछुट्टै दुई ठुला कोठाहरु भएको, त्यसबाहेक पनि २ ठुला कोठाहरु भाडामा दिन सकिने , बिल्डिङको बाहिर पार्किङ साईडमा निकै ठुलो घण्टा राखिएको, पब्लिक रेल र बसको समेत सुबिधा भएको र ब्रेन्ट्रि स्टेशनबाट मात्र १० मिनेटको पैदल मार्ग दुरिको भवन किन्न जुन २८, २०१९ मा बिशेष साधारण सभाले म्याण्डेट दिएको थियो ।

भवन किनेको खुसीयालीमा बुधबार बेलुका भएको बिशेष जमघट तथा केक काटने कार्यक्रममा प्याब्फोनका अध्यक्ष बिष्णुमणि आचार्यले फाऊण्डेशन स्थापना कालदेखि, बोष्टन सप्ताह हुदै हालसम्मका डोनरहरुलाई बिशेष रुपमा सम्झेका थिए, सबैभन्दा बढि रकम दिएर साथ दिने समाजसेवी लक्ष्मी नारायण / झरना प्रधान ५१ हजार डलर, दोश्रोमा समाजसेवी शिव / अञ्जु श्रेष्ठ जोडी ४१ ह.डलर लगायत वेवसाईड pabfone.org/donation मा ऊल्लेख सबै डोनरहरुलाई सम्झदै ग्रेटर बोष्टन स्थित

साथ दिने सबै नेपाली सघसँस्था एवँ प्रत्यक्ष परोक्ष साथ प्याब्फोनका पदाधिकारी अन्य महिला तथा पुरुष समाजसेवी सबैलाई सम्झि सम्झि हार्दिक आभार ब्यक्त गरेका थिए । किनिएको कम्युनिटि सेन्टरलाई हात्तिको सँज्ञा दिदै यसलाई पाल्न सम्हार गर्ने पुन ठुलो ह्रदयका साथ सहयोगमा जुटन सबै नेपालीलाई अपिल गरे । त्यस्तै प्याब्फोनका चियर पर्शन मिलन गुरुङले पनि फाऊण्डेशको अभियानमा लागीपर्ने सबैलाई सम्झि सम्झि धन्यबाद दिदै मेडियाकर्मी साथीहरुको योगदान नभुल्ने बताए । प्याब्फोनका महासचिव ध्रुब घिमेरेले सँचालन गरेको कार्यक्रममा जि बि एन सि का अध्यक्ष अर्जुन कुवर, एन आर एन बोष्टन च्याप्टरका नव निर्वाचित अध्यक्ष प्रेम तामाङ, एन डब्लु जि एन कि अध्यक्ष शान्ती जोशी,प्याब्फोन नरऊड मेट्रो बेष्ट सब कमिटि का अध्यक्ष सुरेश ढकाल, जिबिएनसि का पुर्व अध्यक्ष बिनोद ओली, प्याब्फोनका सि. भाइस प्रेसिडेन्ट राम थापा, महासचिव भुवन गुरुङ, पुर्व महासचिव महेश्वर पन्त,सचिव यम पौडेल, कोषाध्यक्ष सुशिल पौडेल, सल्लाहकारहरु क्रमसः प्रल्हाद के सि, डा.ऊषा शर्मा, रुक्मणी कार्की, बिजय शर्मा, काजी शेर्पा, न्यु ह्याम्पसायर बाट आएका लोक लामा र अननरी मेम्बर व्दय रञ्जन बुढाथोकी एवँ मिन के सि समेतका महानुाभावहरुलाई एक एक मिनेट शुभकामना मन्तब्य राख्न दिइएको थियो ।भवन किनैकै दिन सानो चिज भनेपनि प्याब्फोनलाई ऊपहार दिने सचिव यम पौडेल र बोर्ड अफ डाइरेक्टर जाल प्रसाद घिमिरेले लाई पनि धन्यबाद दिइयो ऊहाहरुले नेपाल अनि अमेरिकाको झण्डा दिएका थिए ।

स्मरणिय रहोसः ग्रेटर बोष्टनमा नेपालीहरुको चाप बढदो छ करिव २५ हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ यसैले एक नेपाली सास्कृतिक केन्द्र खोली सामाजिक गतिबिधि सँचालन गर्न, नेपाली जनजातिका जन्म देखि मृत्यु सँस्कार सम्मका क्रिया कर्म गर्दै , नेपाली भाषा साहित्य, कला , सँस्कृतिमा रमाऊन र नेपाली पहिचानमा देखा पर्न नेपाली कम्युनिटि सेन्टरको आबश्यकता थियो यसको लागी बोष्टनमा सामाजिक क्षेत्रका सम्पुर्ण नेपालीको प्रतिनिधित्व हुने गरी प्याब्फोनको गठन भएको थियो यसका पदाधिकारी ले हरेक बर्ष चन्दा रकम ऊठाऊदै अत्यन्त पारदर्शि र इमान्दार भयर काम गर्नाले अनि सन २०१७ मा बाचन प्रबिण दिनबन्धु पोखरेल ल्याई सफल रुपमा भागवत सप्ताह सम्पन्न गर्नाले प्याब्फोन प्रतिको बिश्वास बोष्टनमा बढेको अबस्थामा घर किन्ने कुरा अगाडी आएपछि पनि पछिल्लो १ महिनामै साढे दुइलाख डलर रकम ऊठनु कम ऊत्साहप्रद कुरा थिएन । घर पास भएपछि पनि राम्रै प्रतिक्रिया आएको छ । सप्ताह समेत गरेर फाऊण्डेशनका कुल डोनर सँख्या करिब १००० हुन, अब करिब २१५ जनाबाट ७ लाख ४५ हजार डलर मात्र ऊठाऊन बाकी छ । बाकी रकम ऊठाऊन धेरै कुर्न नपर्ने देखिएको छ भने नया डोनर पनि धमाधम थपिएका छन । अस्ति बेलुकाको केक काटने कार्यक्रममा पनि बोष्टनकी सामाजिक क्षेत्रकि मान्ति शाह एवँ शान्ती जोशी लगायतले सहयोग हस्ताँतरण जारी राखे । सामाजिक अग्रज मान्ती शाह ले भवन रन गर्न आफ्नो नया काम को एक महिनाको तलब प्याब्फोनलाई दिने घोषणा गरिन भने एन डब्लु जि एन कि अध्यक्ष शान्ती जोशीले आफुले बोलेको रकम समेत गरेर ४००० डलर प्याब्फोनलाई बुझाई आफ्नो तर्फको सबै रकम चुक्ता गरिन । घर किनिसकेपछि कम्युनिटि सेन्टर सँचालन गर्न , मर्गेज तिर्न त्यतिकै अप्ठ्यारो हुने भएकाले बाकीरहेका साथीहरुलाई ढिला नगर्न प्याब्फोनले अपिल गरेको छ साथै घरमा सानो सानो रकमको सदस्यता बितरण जस्ता ऊपाय अपनायर भएपनि कसरी कम्युनिटि सेन्टर सँचालन गराऊन सकिन्छ ? आबश्यक निर्णय गर्न प्याब्फोनले आगामी सेप्टेम्बर २२ मा त्यहि नया भवनमा साधारण सभा बोलाएको छ । साथै कम्युनिटि सेन्टरका सबै काम सकि आगामी सेप्टेम्बर २९ आइतबार घटस्थापना का दिन ऊदघाटन कार्यक्रम राख्ने प्याब्फोनको सोचे रहेको छ ।

धन्यबाद ।

फोटोः यम पौडेल / मिलन गुरुङ