अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

।।जरूरी पूर्ण बैठक ।।

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

न्यू ईग्ल्याण्डबासि आदरणीय महानुभाबहरू,

हामीले खरिद गरी लिएको(594 Washington st. Braintree,MA 02184) भबन संचालन संग संवन्धित समग्र बिषयहरू उपर गहन छलफल गरि निर्णय गर्नुपर्ने भएकोले जरूरी बैठक निम्न स्थान, मिति र समयमा बोलाईएको हुदाँ तोकिएको समयमै सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

छलफल हुने बिषयः-

१ कम्यूनिटी भबन संचालन संग सम्वन्धित

आबश्यक सम्पूर्ण विषयहरू उपर छलफल गरी निर्णय गर्ने बारे ।

२ आगामी सेप्टेम्बर २२ तारेख आईतबार

बोलाईएको बार्षिक साधारण सभाको तयारीका बारे छलफल गरी निर्णय गर्ने बारे ।

३ विविध ।

बैठक हुने स्थान :-

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको सभाहल

594 Washington st. Braintree,MA 02184

मिति :- सेप्टेम्बर ८ तारेख आईतबार २०१९

समय :- साँझ ठिक ५:००बजे देखि ।

धन्यबाद

महासचिबहरू

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड

PABFONE

सेप्टेम्बर ४ तारेख २०१९