बार्षिक साधारण सभामा सम्वन्धित सबैलाई निमन्त्रणा

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको बार्षिक साधारण सभामा सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय सम्पूर्ण नेपाली भाषी महानुभाबहरू, PABFONE का चन्दा दाता (Donner ) तपाईंहरु , सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

हामी नेपालिहरुको साझा अभियान को रुपमा रहेको भवन खरिद गर्ने कार्य तपाई हाम्रो नै सहयोग र सहभागितामा सप्पन्न गरिएको कुरा सबैमा जानकारी नै छ।

अब उक्त भवन मा, मन्दिर र इस्तुपा इस्थापना गरि सन्चालन गर्ने जिम्मेवारी हाम्रो काधमा आयको छ।

यो बीचमा Town of Brantree बाट भवन सन्चालनार्थ लिनु पर्ने सबै Permits हरु लिई सकियको छ।

तेसैले निम्न मिति र स्थानमा हुन गै रहेको साधारण सभामा हामी सबै उपस्थित भै हाम्रो आफ्नै नेपाली सेन्टर बेबस्थित र उपयोगी तरिकाले के कसरी सन्चलन गर्न सकिन्छ भन्ने सवालमा गहन छलफल गरि अगाडी बढ्नुपर्ने भएको ले यो साधारणसभा बोलाईयको हो । सबै मा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।

बोस्टनमा हामी नेपालिहरुको आफ्नै मन्दिर र इस्तुपा को साथमा नेपाली कम्युनिटी सेन्टर इस्थापना गर्नुपर्छ भन्ने दृढ़ अभिलाषा मेरो मनमा बिगत लामो समय देखी थियो र Boston बासिले त्यो अबसर दिनु भयो भने मन बचन र कर्म ले त्यो जिम्मेवारी पुरा गर्ने मैले बिचार गरेको थिए, नभन्दै तपाईहरुको बिश्वासको कारणले PABFONE को अध्यक्ष जस्तो महत्त्वपूर्ण र गरिमामय जिम्मेवारी मेरो काधमा दिनु भयो, त्यो जिम्मेवारी आफ्नो जिन्दगीको महत्त्वपूर्ण कार्य सम्झेर मैले सो अभिभारा पुरा गर्न कार्यसमितिका साथीहरूलाई साथमा लियर निरन्तर लागी रहे , त्यो सबै तपाई Boston बासि, बोस्ट्न सप्ताह माहायग्यमा सरिक हुनुहुने तपाईहरु , कलाकार साथीहरू , आदरणीय वाचन प्रबिण दिनबन्धु पोख्रेल ज्यु , आदरणीय गुरुहरु , पत्रकार ज्युउहरु, र कार्यसमितिका साथिहरुको सहयोग र समझदारी ले नै हो ।

PABFONE को इस्थापना काल देखिनै तपाईंहरुको नासो को रुपमा सम्हाल्दै आयको अध्यक्ष को जिम्मेवारी यसै साधारणसभा देखी सुम्पने बिचारमा छु, तेसैलेपनि यो साधारणसभामा याहाहरुको उपस्थितिको लागी विनम्र अनुरोध गर्दछु।

बार्षिक साधारण सभामा छलफल हुने बिषयः-

(१ )सस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत, छलफल र अनुमोदन ।

(२ )सस्थाको बार्षिक आयब्ययको विवरण प्रस्तुत,छलफल र अनुमोदन ।

(३ )लेखापरिक्षकको नियूक्ति छलफल र अनुमोदन ।

(४) आगामि बार्षिक कार्यक्रमको विवरण प्रस्तुत छलफल र अनुमोदन ।

(५ )भवन सन्चालन समिति को गठन ।

(६ )फाउन्डेसनको बिधान सम्सोधन र पारित ।

( ७) विविध

बार्षिक साधारण सभा हुने स्थान :-

नेपाली कम्यूनिटी सेन्टरको सभाहल
594 Washington st. Braintree,MA 02184

मिति :- September 22, 2019( Sunday )

समय :- दिनको 4:00 बजे देखि ।

धन्यबाद
बिष्णु मणि आचार्य
अध्यक्ष
पशुपतिनाथ वुध्द फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड PABFONE