देऊसी-भैलो कार्यक्रम

आदरणीय पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्ड (PABFONE) EXECUTIVE COMMITTEE पदाधिकारी तथा सदस्य मित्रहरु !

यस पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्ड (PABFONE) ले हरेक बर्ष नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा देऊसी-भैलो कार्यक्रम गर्दै आएकोमा यस बर्ष पनि निम्न स्थान र समयमा देऊसी-भैलो कार्यक्रम आयोजना हुनगैरहेको विधितै छ । विशेषत: लामो समयको अथक प्रयास पश्चात हाम्रो आफ्नै भवन खरिद गर्न सफल भएको अवसरमा यो बर्षको देऊसी-भैलो विशेष महत्वपूर्ण छ । अझ आफ्नै भवनमा हुने देऊसी-भैलो सदॉंका भन्दा भव्यरुपमा मनाई खुशीसमेत साटासाट गर्नु पर्ने भएकाले सकेसम्म यस न्यू ईगंल्याण्ड क्षेत्रमा बसोबास गर्ने समस्त नेपाली कोही पनि सुचनाबाट वन्चित नहुन् भन्ने मनसायका साथ आफुले चिने-जानेका सबैमा यो देऊसी-भैलो कार्यक्रमको जानकारी पुर्यांऊ । आफु सपरिवार उपस्थित हौं र सबैलाई स-परिवार उपस्थित हुन् अनुरोध गरौं । कम्तिमा आफु १ जनाका साथ १० जना उपस्थित गराऔं र यो बर्षको देऊसी-भैलो कार्यक्रम भव्यताका साथ सफल पारौं ।

कार्यक्रम:
पहिलो दिन:
October 25, Friday, 7:30 PM
1 Moreland Pl. Everett, MA 02149
(Host: Kiran Khadka/Brinda Khadka and team Everett/Malden)

दोस्रो दिन:
October 26, Saturday 8:15 PM
191 Highland Avenue, Somerville, MA 02143
(Host: GBNC and team Somerville )

तेस्रो दिन:
October 27, Sunday 7:00 PM
70 Millers Drive, North Dartmouth MA 02747
(Host: Shiva Shrestha/Anju Shrestha and team)

चौथो दिन:
October 28, Monday 7:00 PM
PABFONE Building
594 Washington Street, Braintree, MA 02184
(host: Metro West Nepali Community)

धन्यवाद

पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्ड (PABFONE)