देऊसी-भैलो २०१९ कार्यक्रम सम्पन्न

देऊसी-भैलो कार्यक्रम, २०१९

पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्ड (PABFONE) देऊसी-भैलो कार्यक्रम, २०१९:

यस पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्ड (PABFONE) ले हरेक बर्ष नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा आफ्नो कला, संस्कृति, र परंपराको जगेर्नाका लागी देऊसी-भैलो कार्यक्रम गर्दै आएकोमा यस बर्ष पनि विभिन्न स्थान र समयमा देऊसी-भैलो कार्यक्रम आयोजना गरी हर्षोल्लासका साथ सम्पन्न भएकोछ । विशेषत: लामो समयको अथक प्रयास पश्चात हाम्रो आफ्नै भवन खरिद गर्न सफल भएको अवसरमा यो बर्षको देऊसी-भैलो विशेष महत्वपूर्ण थियो। अझ आफ्नै भवनमा हुने देऊसी-भैलो सदॉंका भन्दा भव्यरुपमा मनाई खुशीसमेत साटासाट गर्नु पर्ने अवस्था रहेकोमा यस न्यू ईगंल्याण्ड क्षेत्रमा बसोबास गर्ने समस्त नेपाली आफु सपरिवार उपस्थित भई तथा आ-आफ्ना चिर-परिचित सबैलाई स-परिवार उपस्थित हुन् अनुरोध गरी उपस्थित गराई यो बर्षको देऊसी-भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोछ ।

कार्यक्रमको पहिलो दिनको आतिथ्यता PABFONE-EC सदस्य श्री किरण खड्का/श्रीमती वृन्दा खड्काले Friday, October 25, 2019 का दिन वहॉंहरुको आफ्नै निवास Everett, MA 02149 मा गर्नु भएको थियो । उक्त दिनको देऊसी-भैलोबाट फ़ाऊण्डेशनको सहयोगार्थ $४,२६३ दान संकलन भयो ।

कार्यक्रमको दोस्रो दिनको आतिथ्यता Greater Boston Nepalese Community (GBNC)ले Saturday, October 26, 2019 का दिन GBNC को दशैं तिहार उत्सव, २०७६ को कार्यक्रम स्थल Center for the Arts at the Armory, 191 Highland Avenue, Somerville, MA 02143 मा गर्नु भएको थियो । उक्त दिनको देऊसी-भैलोबाट फ़ाऊण्डेशनको सहयोगार्थ $१,२७० दान संकलन भयो ।

कार्यक्रमको तेस्रो दिनको आतिथ्यता PABFONE-BOT सदस्य श्री शिव श्रेष्ठ/श्रीमती अन्जु श्रेष्ठले Sunday, October 27, 2019 का दिन वहॉंहरुको आफ्नै निवास North Dartmouth, MA 02747 मा गर्नु भएको थियो । उक्त दिनको देऊसी-भैलोबाट फ़ाऊण्डेशनको सहयोगार्थ $२,१६६ दान संकलन भयो ।

कार्यक्रमको चौथो दिनको आतिथ्यता Metro-West Nepali Community, Norwood ले Monday, October 28, 2019 का दिन PABFONE को आफ्नै भवन 594 Washington Street, Braintree, MA 02184 मा गर्नु भएको थियो । उक्त दिनको देऊसी-भैलोबाट फ़ाऊण्डेशनको सहयोगार्थ $६,३२७ दान संकलन भयो ।

गत September 22, 2019 मा श्री बिष्णु कार्कीको अध्यक्षतामा नयॉं कार्यसमिती गठन भएको र देऊसी-भैलो टोलीको समेत पुस्तान्तरण भएको तथा छोटो अवधीको तयारीका वाबजुद यस बर्षको देऊसी-भैलो कार्यक्रमबाट पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्ड (PABFONE) को सहयोगार्थ जम्मा रकम $१४,०२६ संकलन भएकोछ ।

यस देऊसी-भैलो कार्यक्रममा देऊसी-भैलो वाचक बहु-प्रतिभाशाली व्यक्तित्व PABFONE-EC सदस्य श्री यम पौडेलको वाचन तथा गायन रहेको थियो ।

यस देऊसी-भैलोमा वाद्यवादकका रुपमा 4th UNA Convention, 2019 (May 25 – May 27 New York) मा UNA Little Champion EVEREST BAND, Boston का कलाकारहरु Boston Nepali Community का भविष्यका धरोहरहरु श्री प्रणव फुयाल – सारंगी, श्री अनुभव थपलिया – मादल, श्री स्वयं पोखरेल – पियानो, र श्री एड्रियन प्रधान – गितारको उत्कृष्ट सॉंगीतिक प्रश्तुती रहेको थियो ।

उक्त देऊसी-भैलो कार्यक्रममा सुश्री पर्णिका फुयाल र सुश्री सिमरन पौडेलले प्रश्तुत गरेको तिहारको परम्परागत गीत तिहारै आयो लौ झिलमिलीमा नृत्यले कार्यक्रमलाई अझै मनमोहक बनाऊन सहयोग पुगेको थियो ।

श्री यम पौडेललाई वाचन तथा गायनमा श्री राजेश के.सी. ले साथ दिनुभएको थियो । वाद्यवादनमा EVEREST BAND, Boston का कलाकारहरु श्री प्रणव फुयाल – सारंगी, श्री अनुभव थपलिया – मादल, श्री स्वयं पोखरेल – पियानो, र श्री एड्रियन प्रधानलाई मादल तथा धिमे एवं ढोलकमा PABFONE-EC सदस्य श्री जल प्रसाद घिमिरे, PABFONE-EC सदस्य श्री चन्द्रदेव मंडल तथा श्री विकास मगरले साथ दिनु भएको थियो ।

PABFONE देऊसी-भैलो, २०१९ को संयोजकत्व PABFONE-EC का प्रथम उपाध्यक्ष श्री सुरेश वाग्लेले गर्नु भएको थियो भने देऊसी-भैलो तयारी तथा कलाकार प्रशिक्षणका लागी PABFONE-EC महासचिव श्री गौरवराज थपलियाले विषेश भुमीका निर्वाह गर्नुका अलावा स्थान तथा खानाको समेत प्रवन्ध गर्नु भएको थियो । प्रशिक्षणका अवधिमा PQBFONE-BOT Vice-Chair श्री मिलन गुरुगं, कार्यक्रम श्री संयोजक सुरेश वाग्ले, महासचिव श्री गौरवराज थपलिया, प्रवक्ता श्री परशुराम फुयाल, सदस्य श्री जल प्रसाद घिमिरे, सदस्य श्री यम पौडेल, र सदस्य श्री दिपक काफ्लेले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

कलाकार प्रशिक्षण वरिष्ठ सारंगी वादक श्री स्याम नेपालीले गर्नुभएको थियो भने संगीतमा श्री शुसिल गौतमको पनि सहयोग रहेको थियो । साथै कार्यक्रम अवधिभर प्राविधिक सहयोग DJ श्री सन्दिप भट्टराईले गर्नु भएको थियो ।

उपरोक्त स्थानहरुमा भएको देऊसी-भैलो कार्यक्रममा PABFONE-BOT तथा PABFONE-EC पदाधिकारी तथा सदस्यहरु एवं नेपाली कला, संस्कृति, पर्मपरालाई माया गर्नु हुने महानुभावहरुको सकृय सहभागिता र उपस्थितीले यस बर्षको देऊसी-भैलो कार्यक्रम भव्य र सभ्य रुपमा सफल भयो ।

धन्यवाद

परशुराम फुयाल
प्रवक्ता
पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्ड (PABFONE)
कार्यकारिणी समिती (EC)