Pashupatinath Buddha Foundation of New England | PABFONE

पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू ईङ्गल्याण्ड
Pashupatinath Buddha Foundation of New England | PABFONE

बोर्ड अफ ट्रष्टि तथा कार्यकारिणी समितीको संयुक्त बैठक सम्पन्न

पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु ईगंल्याण्डको बोर्ड अफ ट्रष्टि तथा कार्यकारिणी समितीको संयुक्त बैठक सम्पन्न:

यही मिति २०२० सेप्टेम्बर ३, बिहिबार सॉंझ ६:०० बजे समसामयिक/परिवर्तित अवस्थाका विषयमा छलफल गरी यस पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु ईगंल्याण्डको बोर्ड अफ ट्रस्टी र कार्यकारिणी समितीको संयुक्त बैठक जुम मार्फत सम्पन्न भयो ।

यस संस्थाका संस्थापक अध्यक्ष तथा बोर्ड अफ ट्र्ष्टिका अध्यक्ष श्री बिष्णुमणी आचार्य आफ्नो व्यक्तिगत पारिवारिक कारणले केही समयका लागी अन्य राज्यमा रहनु पर्ने भएकाले हाल उहॉंले सम्हाली रहनु भएको बोर्ड अफ ट्रष्टिको अध्यक्ष लगायतका पदीय जिम्मेवारीबाट केही समयका लागी बिश्राम लिने प्रश्ताव गर्नु भएकोमा यस अघी सम्पन्न बोर्ड अफ ट्रष्टिको बैठकले उहॉंको उक्त चाहनालाई मध्यनजर गर्दै बोर्ड अफ ट्रष्टिको अध्यक्षमा तात्कालीन “बष्टन सप्ताह २०१७” का संयोजक श्री शुसिल पौडेल ज्युलाई चयन गरेकोले यस बोर्ड अफ ट्रस्टी र कार्यकारिणी समितिको संयुक्त बैठकले संस्थाका संस्थापक अध्यक्ष तथा बोर्ड अफ ट्रष्टीका निवर्तमान अध्यक्ष श्री बिष्णुमणी आचार्यलाई बष्टन क्षेत्रमा पशुपतिनाथको मन्दिर, बौद्ध स्तुपा सहितको नेपाली कम्यूनिटी भवनको स्थापनाको उदेश्य राखी यस संस्थापको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुकासाथै शुरुका दिन देखी आजका दिनसम्म निर्तन्तर नेतृत्व प्रदान गरी यस संस्था स्थापनाको उदेश्य अनुरुपको कार्य समेत सम्पन्न गरी आफ्नो जिम्मेवारी पुरा गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै भविष्यमा पनि उहॉंको निरन्तर सहयोग, सुझाव, र सल्लाह पांउने अपेक्षाका साथ उहॉंको आगामी समयमा निरन्तर प्रगति र सफलताका लागी शुभकामना प्रदान गरियो ।

यस बैठकले संस्थाको बोर्ड अफ ट्रष्टिको अध्यक्ष पदमा चयन हुनु भएकोमा नव नियुक्त अध्यक्ष श्री शुसिल पौडेल ज्युलाई यस गरिमामय पदमा चयन हुनु भएकोमा बधाई तथा उहॉंको सफल कार्यकालकालागी शुभकामना प्रदान गरियो ।

“बष्टन सप्ताह २०१७” तथा अन्य विविध अवसरमा पशुपतिनाथको मन्दिर र बुद्ध स्तुपा सहितको नेपाली सामुदायिक भवन निर्माणको उत्कट अभिलासा परिपुर्तिका लागी यहॉंहरुबाट प्राप्त बचनवद्दतालाई नै मुल आधारमानी भवन खरिद प्रकृया सम्पन्न भई हाल भौतिक नवीकरण तथा मन्दिर एवं स्तुपा निर्माण कार्य भईरहेको अवस्थामा यसलाई सम्पन्न गर्न यहॉंहरुको सहयोग अपरिहार्य भएका कारण विविध समयमा भएका बचन वद्दता अनुरुपको बॉंकी रकम यथाशीघ्र उपलब्ध गराई उदेश्य परिपूर्तिका लागी सहयोग गरिदिनुहुन अनुरोध गर्ने निर्णय गरियो।

साथै यस अघी सहयोग वा वचनबध्धताको अवसर नमिलेको तर सहयोगको अभिलाषा रहेका कोही महानुभाव हुनु हुन्छ भने नयॉं वचन वद्दतताका साथ आफुले सकेको आर्थिक सहयोग समेत
गरिदिनु हुन समेत अनुरोध गर्ने निर्णय गरियो ।

यस बष्टन क्षेत्रमा पशुपतिनाथको मन्दिर र बुद्ध स्तुपा सहितको नेपाली सामुदायिक भवन निर्माणको उत्कट अभिलासा परिपुर्तिका लागी गठीत पशुपति बुद्ध फाउण्डेशन अफ न्युईगंल्याण्ड उदेश्य मुताविक सफलताको पथमा अगिबढिरहेको यहॉंहरुमा अवगत नै छ । यसकालागी भवनको भौतिक नवीकरण भैरहेकोमा भौतिक नवीकरण र यसको संस्थागत संचालनका लागी यो मन्दिर/भवन व्यवस्थित नहुंदा सम्म यसको दैनिक संचालन र व्यावस्थापनका लागी यस अघिको साधारण सभाबाट हामी सबैले बार्षिक सदस्यता वापत $२०० बुझाई बार्षिक सदस्य बन्ने भन्ने निर्णय भएकोले सो बमोजिम बार्षिक सदस्य बनी सहयोग गरिदिनुहुन सबैमा अनुरोध गर्ने निर्णय गरियो । यसले हामिलाई यस भवनको भौतिक नवीकरण यथाशीघ्र सम्पन्न गर्न र चॉंडो भन्दा चॉंडो भवन संचालनमा ल्याउन मद्दत पुर्याउने छ ।

अत: यथाशीघ्र बॉंकी रकम उपलब्ध गराईदिनु हुन तथा बार्षिक सदस्यता लिईदिनुहुन अनुरोध समेत गर्ने निर्णय गरियो।

(पुन:श्च: उक्त बार्षिक सदस्यता शुल्क वापतको $२०० यहॉंको वचनवध्धता भएकोमा उक्त वचनबध्धताको रकममाथी थप हुंदै जानेछ । पहिले वचनबध्धता नभएकोमा यसलाई $००० वचनबध्धता मानी सोही माथी थप गर्दै लगिने छ । यदि यहॉंले चहानुभएमा थप नयॉं वचनबध्धता पनि व्यक्त गर्न सक्नु हुनेछ ।)

अन्त्यमा: यस संस्थामा हालसम्म भएका सम्पुर्ण गतिविधिहरु पारदर्शी रहेका र आऊदा दिनहरुमा समेत सोही विषयलाई निरन्तरता दिने र कहीं कतै कुनै विषयमा अस्पष्टता भएमा, वा जिज्ञासा भएमा, वा सुझाव भएमा, वा जानकारी भएमा सोझै आधिकारिक व्यक्तिहरुलाई सम्पर्क गर्न समेत अनुरोध गर्ने निर्णय गरियो ।

धन्यवाद ।

परशुराम फुयाल
प्रवक्ता
कार्यकारिणी समिती
पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु ईगंल्याण्ड

प्रेष विज्ञप्ति

पशुपतिनाथ बुद्ध फाउन्डेशन अफ न्यू ईङ्गल्याण्ड (PABFONE) को सातौं बार्षिक साधारण सभा सेप्टेम्बर २२, २०१९ आइतबार सांझ ब्रेनट्रीस्थित संस्थाको आफ्नै भवनमा सम्पन्न भयो । संस्थाका चेयरपर्सन श्री मिलन गुरूङ्गको सभापतित्वमा भएको उक्त सभामा संस्थाका अध्यक्ष बिष्णु मणि आचार्यले उपस्थित अतिथि लगायत सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नु भयो । उक्त सभाले संस्थाका महासचिव बिरोचन नेपालद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन र कोषाध्यक्ष शुशील पौडेलद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै पुष्कर न्यौपानेलाई संस्थाको लेखापरिक्षकमा पुन: नियुक्त गर्यो । त्यसपछी संस्थाको विधान २०१२ लाइ संसोधन र परिमार्जन गर्न पुष्कर न्यौपाने, शिव श्रेष्ट, र बिजय शर्मा सम्मिलित तीन सदस्यीय विधान मस्यौदा समितिले तयार पारेको संसोधित र परिमार्जित विधान मस्यौदा समितिका सदस्य पुष्कर न्यौपानेले सभामा प्रस्तुत गर्नुभयो । प्रस्तुत विधान उपर छलफल हुँदा विधानमा उल्लेखित सदस्यको मताधिकार व्यवस्था प्रति हलमा उपस्थित केही सहभागीहरुको बिमति रहेपनि प्रस्तुत विधान अत्यधिक बहुमतले पारित भयो । त्यस्तै मुख्य सभा हल भाडामा लगाउने वा पूजाको लागी मात्र प्रयोग गर्ने भन्ने बिषयमा छलफल हुँदा संस्थाको आर्थिक दायित्व वहन गर्न वैकल्पिक आर्थिक योजना ल्याए भाडामा लगाउने बिषयमा पुनर्विचार गर्न सकिने निर्णय सभाले गर्यो ।

तत् पश्चातः अध्यक्ष बिष्णु मणि आचार्यको अध्यक्षतामा कार्यरत पुरानो कार्यसमिति, भवन खरिद सम्बन्धमा बनेको प्रोपर्टी टास्क फोर्स लगायत सबै समिति र उपसमिति विघटन भइ निर्वाचन समितिका संयोजक दिन भट्टले बिष्णु कार्कीको अध्यक्षतामा बनेको २९ सदस्यीय नयाँ कार्यसमिति र बिष्णु मणि आचार्यको नेतृत्वमा बनेको १७ सदस्यीय बोर्ड अफ ट्रष्टीको घोषणा गर्नु भयो । स्मरण रहोस् नयाँ विधानले स्थापना कालदेखि हालसम्म दश हजार डलर आर्थिक सहयोग गरेको व्यक्ति बोर्ड अफ ट्रष्टीको सदस्य हुन सक्ने व्यवस्था गरेकाे छ ।

नयाँ कार्यसमितिमा मनोनित पदाधिकारी र सदस्यहरूः

१. बिष्णु कार्की, अध्यक्ष
२. बिष्णु मणि आचार्य, निवर्तमान अध्यक्ष
३. सुरेश वाग्ले, प्रथम उपाध्यक्ष
४. एलीना श्रेष्ठ, दुतिय उपाध्यक्ष
५. बिजय तामाङ, तृतीय उपाध्यक्ष
६. गौरव थपलिया, महासचिव
७. रन्जन थापा, सचिव
८. खगेन्द्र रेग्मी, कोषाध्यक्ष
९. राधा कृष्ण पन्त, सह कोषाध्यक्ष
१०. परशुराम फुयाल, प्रवक्ता
११. किरण खड्का, सदस्य
१२. अन्जु थापा, सदस्य
१३. दिपक काफ्ले, सदस्य
१४. सुरेश ढकाल, सदस्य
१५. लक्ष्मी खनाल, सदस्य
१६. मिलन कुमार कार्की, सदस्य
१७. लव अधिकारी, सदस्य
१८. चिरन्जिवि आचार्य, सदस्य
१९. राम धिताल, सदस्य
२०. संगित निरौला, सदस्य
२१. चन्द्र ब. मल्ल, सदस्य
२२. चन्द्र देव मंडल, सदस्य
२३. दिनेश ढुंगेल, सदस्य
२४. प्रचंड श्रेष्ठ, सदस्य
२५. चन्द्र पुन, सदस्य
२६. संजय राय, सदस्य
२७. यम पौडेल, सदस्य
२८. अखण्ड श्रेष्ठ, सदस्य
२९. जाल प्रसाद घिमिरे, सदस्य

बोर्ड अफ ट्रष्टीः

१. बिष्णु मणि आचार्य, चेयरमेन
२. मिलन गुरुङ, भाइस चेयरमेन
३. राम थापा, भाइस चेयरमेन
४. बिरोचन नेपाल, भाइस चेयरमेन
५. ध्रुव घिमिरे, भाइस चेयरमेन
६. शुशील पौडेल, भाइस चेयरमेन
७. महेश्वर पन्त, भाइस चेयरमेन
८. बिष्णु कार्की, ट्रष्टी
९. भुवन गुरुङ, ट्रष्टी
१०. शिव श्रेष्ट, ट्रष्टी
११. लक्ष्मी नारायण प्रधान, ट्रष्टी
१२. प्रकाश अधिकारी, ट्रष्टी
१३. हिमालयन बिष्ट्रो, ट्रष्टी
१४. सुरेश वाग्ले, ट्रष्टी
१५. सुरेश ढकाल, ट्रष्टी
१६. जाल प्रसाद घिमिरे, ट्रष्टी
१७. निरज अर्याल, ट्रस्टी

नयाँ कार्यसमिति र बोर्ड अफ ट्रष्टी घोषणा पश्चात संयोजक दिन भट्टले नयाँ कार्यसमिति र बोर्ड अफ ट्रष्टीको पदाधिकारी र सदस्यहरू सबैलाइ पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो । संस्थाको बोर्ड अफ डाइरेक्टरमा रहेर देउसी भैलो, बोस्टन सप्ताह र भवन खरिद लगायत विभिन्न कार्यक्रमहरूमा महत्वपूर्ण योगदान गर्नुहुने सबैलाई प्रशंसा पत्र वितरण गरिएको थियो । सभाका सभापति श्री मिलन गुरूङ्गले निवर्तमान समितिका सबै सदस्यहरूलाई धन्यवाद तथा नयाँ समितिका सदस्यहरूलाई सफलताको शुभकामना दिएर सभा विसर्जन गर्नु भयो।

धन्यवाद ।
परशुराम फुयाल

प्रवक्ता
कार्यसमिति
पशुपतिनाथ बुद्ध फाउन्डेशन अफ न्यू ईङ्गल्याण्ड (प्याब्फोन)
मितिः सेप्टेम्बर २२, २०१९ ।

पशुपतिनाथ वुद्ध फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

न्यू ईग्ल्याण्डबासि आदरणीय महानुभाबहरू गत अगस्ट ७ तारेख बुधबार २०१९ का दिन मासाच्यूसेट राज्यको 594 Washington st. Braintree,MA 02184 स्थित First Baptist Church नेपाली कम्यूनिटी सेन्टरको लागी खरिद गरिलिने कार्य सम्पन्न भएको छ । भबन खरिद पश्च्यात भबन संचालन संग सम्वन्धित सबै विषयहरूमा छलफल गरी निर्णय गर्नुपर्ने भएकोले

जरूरी बैठक निम्न स्थान, मिति र समयमा बोलाईएको हुदाँ तोकिएको समयमै सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

छलफल हुने बिषयः-

१ कम्यूनिटी भबन संचालन सम्वन्धि

आबश्यक सम्पूर्ण विषयहरू उपर छलफल गरी निर्णय गर्ने बारे ।

२ अर्थ संकलन,भबन खरिद गरीदातकको खर्च विबरण बारे छलफल गरी निर्णय गर्ने बारे ।

३ आगामी साधारण सभाको तयारी बारे ।

४ विविध ।

बैठक हुने स्थान :-

नेपाली कम्यूनिटी सेन्टरको सभाहल
594 Washington st.
Braintree,
MA 02184

मिति :- अगस्ट १८ तारेख आईतबार २०१९

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

नेपाली कम्यूनिटी सेन्टरको लागी 630 Boston Rd, Billerica, MA 01821 को भबन खरिद गर्न आबश्यक काम भैरहेकोमा सो खरिद प्रकृयाका बारेमा यस विचमा भएका केही महत्वपूर्ण बिषयहरूमा जानकारी दिन, अघिल्ला बैठकहरूको निर्णयहरुको समिक्षा र उक्त भबन खरिद प्रकॄया संग सम्वन्धित अन्य महत्वपूर्ण बिषयहरू उपर छलफल गरी निर्णय गर्नुपर्ने भएकोले अत्यन्त जरूरी बैठक निम्न स्थान, मिति र समयमा बोलाईएको हुदाँ सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

बैठक हुने स्थान :-

58 Montvale Ave, Stoneham, MA 02180-3605, United States (Namaste Nepali Resturant)

मिति :- मे ५ तारेख आईतबार २०१९

समय :- साँझ ५:३० बजे देखि ।

अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सूचना।

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

यस सस्थाको गत मार्च ३१ तारेख आईतबार २०१९ मा सम्पन्न जरूरी विशेष साधारण सभाले नेपाली कम्यूनिटी सेन्टरको लागी 30 Boston Rd, Billerica, MA 01821 को भबन खरिद गर्न आबश्यक कार्य गर्नाका लागी कार्यसमितीलाई अख्तियार प्रदान गरे मुताबिक उक्त भबन खरिद गर्न आबश्यक कार्यहरू गरी अप्रिल १७,२०१९ का दिन P&S मा हस्ताक्षर भै सकेको छ तसर्थ उक्त भबन खरिद प्रकॄया संग सम्वन्धित सबै बिषयहरू उपर छलफल गरी निर्णय गर्नुपर्ने भएकोले अत्यन्त जरूरी बैठक निम्न स्थान, मिति र समयमा निम्न विषयहरू उपर छलफल गरि निर्णय गर्ने गरी बोलाईएको हुदाँ सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

बैठकमा छलफल हुने बिषयः-

१ कम्यूनिटी भबनको लागी 630 Boston Rd, Billerica, MA 01821 को भबन खरिद गर्न P&S मा हस्ताक्षर समेत भै सकेको हुदाँ आगामि दिनमा गर्नुपर्ने कामहरूको बारेमा छलफल र आबश्यक जिम्मेवारीहरू तोक्ने बारे ।

२ कम्यूनिटी भबन खरिदका लागी आबश्यक रकम संकलन के कसरी गर्ने भन्ने बारे छलफल गरी निर्णय गर्ने बारे ।

३ गत विशेष साधारण सभाले गत वोस्टन सप्ताहमा चन्दा रकम बोल्नुहुने महानुभाबहरूबाट रकम संकलन गरी ल्याउन विभिन्न क्षेत्र तोकि विभिन्न ब्यक्तित्वहरूलाई जिम्मेवारी तोकेकोमा सो क्षेत्रहरूबाट उठेको रकम बुझने-बुझाऊने,आफ्नो क्षेत्रमा भएको कामको प्रगति विबरण बुझने-बुझाऊने र सो माथी क्षलफल र आबश्यक निर्णय गर्नेबारे।

४ विविध ।

बैठक हुने स्थान :-

58 Montvale Ave, Stoneham, MA 02180-3605, United States (Namaste Nepali Resturant)

मिति :- अप्रिल २१ तारेख आईतबार २०१९

समय :- साँझ ५:३० बजे देखि ।

धन्यबाद

महासचिबहरू

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड

PABFONE

अप्रिल १८ तारेख २०१९

अत्यन्त जरूरी विशेष साधारण सभा बस्नेबारे सूचना।

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी विशेष साधारण सभा बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

लामो समयको प्रतिक्षा पश्चायत नेपाली कम्यूनिटी सेन्टरको लागी सबै दृश्ट्रिले उपयूक्त देखिएको 630 Boston Rd,

Billerica, MA 01821को भबन गत मार्च २६ तारेख मंगलबार हेरी,उक्त स्थानमा नै बोलाईएको पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको कार्य समितिको बैठक बसि सो भबन किन्न आबश्यक कार्य गर्ने भन्ने एक मतले निर्णय गरे पश्चायत हाम्रो तर्फबाट अफर गरिएकोमा उक्तअफर स्विकर भएको र सोहि बैठकले “हामीले पेश गरेको अफर स्विकर भएको अबस्था विशेष साधारण सभा आयोजना गरी सभाको निर्णय बमोजिम आबश्यक निर्णय गर्ने” भन्ने निर्णय भए बमोजिम अब सस्थाले अत्यन्त सुझबुज पूर्ण छलफल गरी निर्णय गर्नुपर्ने भएकोले अत्यन्त जरूरी विशेष साधारण सभा निम्न स्थान, मिति र समयमा निम्न विषयहरू उपर छलफल गरि निर्णय गर्ने गरी बोलाईएको हुदाँ सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

“आदरणीय महानुभाबहरू यो जरूरी विशेष साधारण सभा अत्यन्त महत्वपूर्ण सभा हो तसर्थ कोही नछुटौ सबैले सबै क्षेत्रमा खबर गरी धेरै भन्दा धेरैको सहभागीता मा निर्णय गरौ ।”

विशेष साधारण सभामा छलफल हुने बिषयः-

१ कम्यूनिटी भबनको लागी 630 Boston Rd, Billerica, MA 01821 को भबन खरिद गर्न सस्थाको कार्य समितिले गरेको निर्णय अनुमोदन र खरिद गर्नका लागी आबश्यक सम्पूर्ण विषयहरू उपर छलफल गरी निर्णय गर्ने बारे ।

२ कम्यूनिटी भबन खरिदका लागी आबश्यक रकम संकलन के कसरी गर्ने भन्ने बारे छलफल गरी निर्णय गर्ने बारे ।

३ विविध ।

जरूरी विशेष साधारण सभा हुने स्थान :-

हिमालयन विष्ठो
(Himalayan Bistro)
1735 Centre St,
West Roxbury, MA 02132

मिति :- मार्च ३१ तारेख आईतबार २०१९

अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू तथा मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू ।

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको कार्य समितिको जरूरी पूर्णबैठक निम्न स्थान, मिति र समयमा निम्न विषयहरू उपर छलफल गरि निर्णय गरिने हुदाँ उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

छलफल हुने बिषयः-

१ कम्यूनिटी भबनको लागी 630 Boston Rd, Billerica, MA 01821 (यस अघि हामीले अफर गरेर पनि नपरेको 43 Manning Rd Billerica, MA 01821को भबन भन्दा पनि उपयूक्त भबन) मा उपयोगी भबन पाईएकोले उक्त भबन हेरी आबश्यक निर्णय गर्ने बारे ।

२ विविध ।

बैठक हुने स्थान :-

630 Boston Rd,
Billerica, MA 01821
United States

मिति :- मार्च २६ तारेख मंगलबार २०१९

समय :- साँझ ६ बजे देखि ।

पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू तथा मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्मपूर्ण नेपाली भाषि महानुभाबहरू।

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको कार्य समितिको जरूरी पूर्णबैठक निम्न स्थान, मिति र समयमा निम्न विषयहरू उपर छलफल गरि निर्णय गरिने हुदाँ उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

छलफल हुने बिषयः-

१ कम्यूनिटी भबनको लागी 121 Brick Kiln Rd Chelmsford, MA 01824 मा उपयोगी भबन पाईएकोले उक्त भबन हेरी आबश्यक निर्णय गर्ने बारे ।

२ विविध ।

बैठक हुने स्थान :-

121 Brick Kiln Rd
Chelmsford, MA 01824

मिति :- मार्च १२ तारेख मंगलबार २०१९
समय :- साँझ ५ बजे देखि ।

Bishnu M Acharya

विशेष साधारण सभामा उपस्थित हुने बारे ।

आदरणीय
सदस्य ज्यूहरू
पशुपतिनाथ बुध्द फाउण्डेसन अफ न्यू-ईग्लायन्ड, PABFONE

हार्दिक नमस्कार ।

विषय:-विशेष साधारण सभामा उपस्थित हुने बारे ।

महोदय,

पशुपतिनाथ बुध्द फाउण्डेसन अफ न्यू-ईग्लायन्ड PABFONE को बार्षिक साधारणबाट गठित बोर्ड अफ टस्ट्री (BOT)र कार्य समिति(EC)का बैठकहरू छुट्टा छुटै र संयूक्तरूपमा आबश्यकतानुसार बसि कार्य सम्पादन हुदै आएको छ । बार्षिक साधारण सभा देखि हाल सम्मका अबधिमा भबनमा मन्दिर र बुद स्तुपा स्थापना गर्न साधारण सभाको निर्देशन बमोजिम प्राबिधिकहरू संग आबश्यक परामर्श, सम्वन्धित टाऊनका प्राविधिकको सुझाब बमोजिम गत साधारण सभाले मंदिर र स्तुपा प्रतिस्थापन गर्ने भनि तोकिएको पछिल्लो भबनको माथिल्लो तला उपयूक्त हुदैन भन्ने सुझाब प्राप्त भएको र गत साधारण सभाको उक्त मंदिर र स्तुपा स्थापना गर्न भनि तोकिएको स्थानको बारेमा छलफल गरी उक्त निर्णय माथी पुर्नर विचार गर्न आबश्यक रहेको र बोर्ड अफ टस्ट्री (BOT)का कूल सदस्य संख्याको ६० प्रतिशत भन्दा बढि सदस्य महानुभाबहरूले उक्त बिषय माथी छलफल गर्न विशेष साधारण सभा बोलाईयोस भनि विधानत लिखित माग गर्नु भएको हुदाँ उक्त लिखित मागलाई यसै सुचना साथ संलग्न गरि सस्थाको 04/07/2014 मा जारी भएको र 09/22/2019 को साधारण सभाबाट संशोधन भएको विधानको दफा ६ को उपदफा ६.३ बमोजिम फेबरी ८ तारेख शनिबार २०२०दिनको ५ बजेबाट छलफलका विषयहरू तोकि विशेष साधारण सभा वोलाईएकोमा सभाको लागी आबश्यक (गणपूरक संख्या)उपस्थिती नपुगेको हुदा आज बोलाईको विशेष साधारण सभा स्थगित गरी विधानको दफा ६ को उपदफा ६.२ बमोजिम निम्न मिती,स्थान र समयमा निम्न बिषयहरू माथी छलफल गरि निर्णय गर्नाका लागी पुनःविशेष साधारण सभा बोलाईको हुदा सम्वन्धित सबैलाई उपस्थितीको लागी हार्दिक अनुरोध गरिन्छ ।

विशेष साधारण सभामा छलफल हुने विषय:-

१ मन्दिर र बुद स्तुपा स्थापना बारेमा आबश्यक छलफल र निर्णय गर्ने बारे ।

२ विविध ।

विशेष साधारण सभा मिती:- फेबरी १६ तारेख आईतबार २०२०।

बैठक हुने समय:- दिनको ४ बजेबाट ।

धन्यबाद

विष्णुमणि आचार्य
चेयरम्यान
पशुपतिनाथ बुध्द फाउण्डेसन अफ न्यू-ईग्लायन्ड PABFONE बोर्ड अफ टस्ट्री (BOT)
८ फेबरी २०२०

नोटः-विशेष साधारण सभामा उपस्थित हुदाँ कृपया सम्भब भए सम्म सबैले बार्षिक सदस्यता शुल्क २००(दुई सय डलर)पनि लिएर आईदिनु हुन सबैमा नम्रनिबेदन गरिन्छ ।

कार्यसमितिको पूर्ण बैठक सम्पन्न

पशुपतिनाथ बुद्ध फउण्डेशन अफ न्यू ईङ्गल्याण्डके कार्यसमितिको पूर्ण बैठक जनवरी 27, आईतवार, 2019 का दिन संस्थाका चेयर पर्सन मिलन गुरूङ्गको अध्यक्षतामा नमस्ते नेपाली रेष्टुरेन्ट स्ट्यानह्याम, म्यासाच्युसेटमा सम्पन्न भयो। महासचिव विरोचन नेपाल र ध्रुव घिमिरेले सञ्चालन गर्नुभएको बैठकमा अध्यक्ष विष्णुमणि आचार्य र कोषाध्यक्ष सुशिल पौडेलले संस्थाको वार्षिक साधारण सभा देखि यस बैठक सम्समको संस्थाको प्रगति विवरण र आर्थिक विवरणहरू माथि प्रकाश पार्नुभएको थियो।