Pashupatinath Buddha Foundation of New England | PABFONE

पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू ईङ्गल्याण्ड
Pashupatinath Buddha Foundation of New England | PABFONE

Dear PABFONE / Boston Saptaha Donors

We have many updates to share with you all today.

We have collected over $100K after the townhall meeting in October, 2017. We are publishing the full details in the Saptaha website https://bostonsaptaha.org/.

PABFONE now has cash resources of around $625K (All receipts: Boston Saptaha, Deusi Bhailo and miscellaneous) and the major portion of the money has been kept in money market account earning interest.

The property search work has been a little bit slower, as this is not the season of real estate transactions. However, we are grabbing every opportunity to find a place, even though they are off the market. Currently, there is one property in Arlington under consideration, and one property in Somerville under communication with the City of Somerville.

We have established relationship with Leader Bank, who is supporting us with mortgage when we need that. Leader Bank is also helping us with the property search, and we are working with them on a system to collect pledged amounts by way of monthly deductions from those who would prefer to pay in installments.

We are also working on creating a new website for PABFONE, which will be a secured website to protect our information. Side by side, we are working on a data management system to manage the donor’s data and receivables we currently have.

PABFONE treasury team now has an office at 68 Broadway, Arlington, MA. All your checks can now be mailed (or dropped off during office hours) to this address.

You can also drop off the checks at Bombay Market in Somerville or at the office of Pushkar Neupane, CPA at Assembly Square.

If you need receipt for your donation, please email to bostonsaptaha@gmail.com. We will be happy to forward the donation receipts to you in email.

We request you all to keep paying your pledged amount, as much as possible so that we will be ready when the market opens in April.

Please let us know if you have any questions.

PABFONE Treasury Team

February 15, 2018

Property Search Task Force Committee

Prahlad K. C.

Puskar Neupane

Bishnu Mani Acharya

Milan Gurung

Bishnu Karki

Ram Thapa

Sundar Gurung

Bhuban Gurung

Birochan Nepal

Dhurba Ghimire

Samjana Gurung

Susheel Poudel

Achut Adhikari

Maheshwor Panta

Binoj Pradhan

Sandip Basnet

Ranjan Thapa

Ajit Baral

Suresh Wagle

Deepak Kafle

Ram Dhital

Bijaya Tamang

Bishnu Rai

Laba Adhikari

Yeleena Shrestha

सामुदायिक केन्द्रको भवन खरिदको तयारी

पशुपतिनाथ बुद्ध फाउन्डेशन अफ न्यू ईङ्गल्याण्ड सामुदायिक केन्द्र स्थापना गर्नको लागि आवश्यक भवन खरीद गर्ने कार्यमा लागेको छ। यस कामलाई व्यवस्थित गर्न श्री प्रल्हाद केसीको संयजकत्वमा ५ सदस्सीय भवन खरीद समिति बनाईसकेको छ। यो समितिले ग्रेटर बोस्टन क्षेत्रमा संभाव्य भवनहरूको अध्ययन गर्न थालेको छ। हरेक आईतबार हुने सप्ताह सम्बन्धि मिटिङमा उक्त समितिले छानेको संभाव्य भवनहरूको बारेमा पनि छलफल हुन्छ। न्यू ईङ्गल्याण्डमा बस्ने सम्पूर्ण नेपालीहरूलाई यो छलफलमा सहभागी हुन हामी आह्वान गर्दछौं।

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बृहत् आध्यात्मिक महोत्सव (बोस्टन सप्ताह, २०१७)

आगामी अगष्ट ६ देखि १२ तारिखसम्म वोस्टनमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं वृहत् आध्यात्मिक महोत्सव आयोजना हुन लागेको कुरा यहाँहरु सबैलाई विदितै छ । सुप्रसिद्ध पुराण वाचक पं.दीनवन्धु पोखरेल यो महायज्ञका प्रमुख वाचक हुनुहुन्छ । उहाँका मुखार विन्दबाट निसृत प्रवचन श्रवण गरेर आफूलाई कृतकृतार्थ हुन र यो ऐतिहासिक क्षणको सदुपयोग गर्न हामी सम्पूर्ण नेपालीभाषी महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौँ । यो महोत्सव हुनु हाम्रा लागि ठूलो खुसी र गौरवको कुरा हो ।

महायज्ञ के हो ?

दैवी पक्षका देवताहरुको प्रसन्नताका लागि वैदिक विधिले गरिने गरिने धार्मिक कार्यलाई यज्ञ भनिन्छ । महायज्ञ त्यसैको ठूलो रुप हो । त्यही महायज्ञ यहाँ आयोजना गर्न लागिएको छ।

महायज्ञ किन गर्ने ?

महायज्ञ गर्नुको उद्धेश्य प्रष्ट छ — पशुपतिनाथको मन्दिर तथा बौद्ध स्तूपासहितको सामुदायिक भवन अर्थात् कम्युनिटी सेन्टर निर्माण । यस कम्युनिटी सेन्टर निर्माणार्थ हामीले ओमकार (बुद्ध र हिन्दू) परिवारका मानिसहरुलाई समाहित गर्ने लक्ष्य राखेका छौँ । यसका लागि हामी न्यू इङ्गल्याण्डवासीहरु विगत पाँच वर्षदेखि यो अभियानमा दत्तचित्त भएर लागिरहेका छौं । तर रकम संकलनमा हामीले सोचेजस्तो प्रगति हुन सकेको छैन । त्यसैले हामीले यो सेन्टर निर्माणका लागि पं दीनबन्धु पोखरेललाई वोस्टन सप्ताहका लागि सादर निमन्त्रणा गरेका हौँ र उहाँले हाम्रो यो निमन्त्रणा स्वीकार गरी आफूले सेन्टर निर्माण गर्न सक्दो सहयोग गर्ने वचन दिनुभएको छ ।

हामी नेपालीहरु स्वभावैले उदार छौँ, सहिष्णु छौँ र सहयोगी भावनाका धनी पनि छौँ । हामीले यो भावनालाई जगाएर अगाडि बढाउनुपर्ने टड्कारो अनुभव गरेका छौँ । यसका लागि केवल समर्पण र सहयोगको आवश्यकता छ । तपाई हाम्रो सहयोगले नै सेन्टर स्थापना हुने हो । हामी सबैजना यो महान् यज्ञमा समाहित भयौँ भने यो सेन्टर स्थापना भइ हामीले यथाशीघ्र हाम्रा कर्महरु गर्न सक्नेछौँ भन्ने आशा एवं विश्वास लिएका छौँ । तपाईँ हामीले उदारता देखाउनैपर्छ । पंं पोखरेलको मुखारविन्दबाट झंकृत हुने प्रवचन सुनेर लाभान्वित हुन र आफ्नो गच्छे अनुसारको रकम दान वा चन्दाका रुपमा प्रदान गरेर हाम्रो यो विशाल अभियानमा एक इँटा थप्न पनि हामी अनुरोध गर्दछौँ ।

वोस्टन एक ऐतिहासिक सहर हो । शिक्षा र स्वास्थ्यका दृष्टिले यो सहर अमेरिकाका अन्य सहरभन्दा विशेष महत्वको छ । त्यसैले यहाँ दिन प्रतिदिन नेपालीहरुको बसोबास बढ्दै गइरहेको छ र यसले गर्दा आम नेपालीहरुमा एउटा अपनत्व जगाउने र आफ्नो धर्म र संस्कृतिलाई जोगाइराख्ने किसिमको पूजाआजा वा अरु संस्कारहरु गर्न सहज होस् भन्ने स्वाभाविक अभिप्राय रहिआएको छ । त्यसैले हामी कम्युनिटी सेन्टर स्थापनाको प्रक्रियामा निरन्तर लागिरहेका छौँ । यो सेन्टर स्थापनापछि हामी नेपालीहरुले हाम्रा रीतिरिवाज, परम्परा तथा सामाजिक संस्कार एवं चाडपर्वहरु मनाउने नै छौँ । यस अतिरिक्त विचारको आदान प्रदान, सरसल्लाह, आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध बढाउने, विवादका विषयमा छलफल गर्ने, सरसहयोग तथा व्यापार व्यवसायका कुराको जानकारी लिने, शिक्षा, रोजगार, कर, आप्रवासन, नेपाल, अमेरिका र स्थानीय निकायका गतिविधि र अरु विविध विषयमा प्रत्यक्ष तथा परोक्षरुपमा थुप्रै जानकारी प्राप्त हुने भएकोले यो सेन्टर एक महत्वपूर्ण कडीका रुपमा रहनेछ । यसले गर्दा समाज गतिशील हुन्छ । हाम्रा बालबच्चाहरुले हाम्रो परम्परा र संस्कृति बुझ्न सक्छन् । संस्थाको गतिशीलताले समाज परिवर्तन हुन्छ ।

त्यसैले तपाई आउनुस् । तपाईँको परिवारलाई ल्याउनुस् र साथीहरुलाई खबर गर्नुस् र परत्रका लागि समेत पुण्य आर्जन गर्नुस् । यो ऐतिहासिक पर्वलाई सफल बनाउँ ।

थप जानकारीको लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सव बोस्टन, २०१७ मा जानुहोस् ।

अमेरिकाको बोष्टनमा पशुपतिनाथ बुद्ध फाऊण्डेशनको साधारण सभा सम्पन्न ।

यम पौडेल । बोष्टन ।

अमेरिकाको बोष्टनमा पशुपतिनाथको मन्दिर र बुद्ध स्तुपा सहित नेपाली कम्युनिटि सेन्टर बनाउने अभियानमा लागिपरेको नेपाली संस्था पशुपतिनाथ बुद्ध फाऊण्डेशनको प्रथम साधारण सभा हिजो ७ तारिख समरभिलको मसाला रेष्टुरेष्टको सभा हलमा अत्यन्तै सौहार्दपुर्ण वातावरणमा सम्पन्न भयो । सभाले फाऊण्डेशनका हालसम्म गरेका काम संयुक्त भैलीधौसी ,संस्था दर्ता, कार्यकारिणि समिति अन्य समिति एवं नरऊड र समरभिलमा सब कमिटि गठन, विधान निर्माण, बैङ्क खाता सञ्चालन, बेवसाइड निर्माण, ब्रुसर प्रकाशन, पे- पल एकाऊण्ट खडा,जस्ता सम्पन्न भएका कार्य प्रगति विवरण र फाऊण्डेशनको आर्थिक प्रतिबेदनलाइ पास गरेको छ भने सेक्रेटेरियट रिपोर्ट मा समावेश संस्थाको आगामी कार्यक्रमलाई समेत पास गरेको छ । साथै फाऊण्डेशनको लेखा परिक्षकमा पुष्कर न्यौपानेलाई सर्बसम्मतिले नियुक्त गरेको छ ।

Objectives of PABFONE

The primary objective of PABFONE is to provide a common place to promote and conserve Nepali cultural heritage, practice spiritual and religious rituals relating to Hindu and Buddhist faiths and strengthen social brotherhood and religious harmony among different faiths of Nepal.

Plans and Timeline

PABFONE plans to build a community center with Nepalese identity and replicas of PashupatiNath temple and Buddha stupa, in the same complex, within greater Boston area to serve the needs of consistently growing population of Nepalese origin within the New England area.

We plan to complete this in two phases. In the first phase, we will complete the community center and make it operational to cater immediate needs of the community. The construction of the replicas of PashupatiNath temple and Buddha stupa will be in the second phase. The estimated time to complete the project is 5 years.

Keeping time factor in mind, we are looking for an existing building for purchase that can be modified to our designs meeting all our requirements. However, as a second option, we are open to purchase land and carry out our own construction.

Estimated Cost and Source of Funds

The total cost of this project will vary depending mainly on the location area of the land and size of the community center building, the temple and the stupa. Based on a reasonable size of the structures and a location reasonably convenient to our majority of the community members, the minimum estimated cost for this project is $ 1 million.

The project is primarily donation based and the major sources of funds are the community members- Nepalese and people of Nepalese origin living within the New England area. The other sources could be people living outside the New England area and other nationals with Hindu and Buddist faith. We also plan to approach the local government for their support.

Current Financial Status

PABFONE has a bank account with Bank of America, where all collected funds are deposited.

As of 08/24/2015, the bank balance is $88,459.65 which reflects the total donation of $94,167.48 received after deduction of the expenses $5,707.83 incurred so far.

We believe in financial transparency and publish our full financial status with the details of income and expenses and the list of all donors with their donation amount in our annual general meetings as well as in our website.