आदरणीय
सदस्य ज्यूहरू
पशुपतिनाथ बुध्द फाउण्डेसन अफ न्यू-ईग्लायन्ड, PABFONE
हार्दिक नमस्कार ।
विषय:-विशेष साधारण सभामा उपस्थित हुने बारे ।
महोदय,
पशुपतिनाथ बुध्द फाउण्डेसन अफ न्यू-ईग्लायन्ड PABFONE को बार्षिक साधारणबाट गठित बोर्ड अफ टस्ट्री (BOT)र कार्य समिति(EC)का बैठकहरू छुट्टा छुटै र संयूक्तरूपमा आबश्यकतानुसार बसि कार्य सम्पादन हुदै आएको छ । बार्षिक साधारण सभा देखि हाल सम्मका अबधिमा भबनमा मन्दिर र बुद स्तुपा स्थापना गर्न साधारण सभाको निर्देशन बमोजिम प्राबिधिकहरू संग आबश्यक परामर्श, सम्वन्धित टाऊनका प्राविधिकको सुझाब बमोजिम गत साधारण सभाले मंदिर र स्तुपा प्रतिस्थापन गर्ने भनि तोकिएको पछिल्लो भबनको माथिल्लो तला उपयूक्त हुदैन भन्ने सुझाब प्राप्त भएको र गत साधारण सभाको उक्त मंदिर र स्तुपा स्थापना गर्न भनि तोकिएको स्थानको बारेमा छलफल गरी उक्त निर्णय माथी पुर्नर विचार गर्न आबश्यक रहेको र बोर्ड अफ टस्ट्री (BOT)का कूल सदस्य संख्याको ६० प्रतिशत भन्दा बढि सदस्य महानुभाबहरूले उक्त बिषय माथी छलफल गर्न विशेष साधारण सभा बोलाईयोस भनि विधानत लिखित माग गर्नु भएको हुदाँ उक्त लिखित मागलाई यसै सुचना साथ संलग्न गरि सस्थाको 04/07/2014 मा जारी भएको र 09/22/2019 को साधारण सभाबाट संशोधन भएको विधानको दफा ६ को उपदफा ६.३ बमोजिम फेबरी ८ तारेख शनिबार २०२०दिनको ५ बजेबाट छलफलका विषयहरू तोकि विशेष साधारण सभा वोलाईएकोमा सभाको लागी आबश्यक (गणपूरक संख्या)उपस्थिती नपुगेको हुदा आज बोलाईको विशेष साधारण सभा स्थगित गरी विधानको दफा ६ को उपदफा ६.२ बमोजिम निम्न मिती,स्थान र समयमा निम्न बिषयहरू माथी छलफल गरि निर्णय गर्नाका लागी पुनःविशेष साधारण सभा बोलाईको हुदा सम्वन्धित सबैलाई उपस्थितीको लागी हार्दिक अनुरोध गरिन्छ ।
विशेष साधारण सभामा छलफल हुने विषय:-
१ मन्दिर र बुद स्तुपा स्थापना बारेमा आबश्यक छलफल र निर्णय गर्ने बारे ।
२ विविध ।
विशेष साधारण सभा मिती:- फेबरी १६ तारेख आईतबार २०२०।
बैठक हुने समय:- दिनको ४ बजेबाट ।
धन्यबाद
विष्णुमणि आचार्य
चेयरम्यान
पशुपतिनाथ बुध्द फाउण्डेसन अफ न्यू-ईग्लायन्ड PABFONE बोर्ड अफ टस्ट्री (BOT)
८ फेबरी २०२०
नोटः-विशेष साधारण सभामा उपस्थित हुदाँ कृपया सम्भब भए सम्म सबैले बार्षिक सदस्यता शुल्क २००(दुई सय डलर)पनि लिएर आईदिनु हुन सबैमा नम्रनिबेदन गरिन्छ ।