औपचारीक गृहप्रबेशको सूचना

भबनको शुध्दशान्ती,औपचारीक गृहप्रबेशको
सूचना ।

आदरणिय न्यू ईग्ल्याडबासी महानुभाबहरू
पशुपतिनाथ बुध्द फाउण्डेसन अफ न्यू-ईग्लायन्डको कार्यसमितीको गत सेप्टेम्बर ८ तारेख आईतबार २०१९ मा बसेको पूर्णबैठकको निर्णय बमोजिम भबनको शुध्दशान्ती,औपचारीक गृहप्रबेशका लागी रूद्री र होमहोमादी र बुध्दगुरू ध्दारा पुजा अर्चना लगायतको लागी निम्न मितीमा साईत जूरेको हुदाँ तोकीएको समयमा उपस्थित भै पुजा कार्यक्रममा सरिक भै दिनुहुन ईच्छुक सबैलाई अनुरोध छ ।

पुजाहुने मिती:-अक्टोबर ३,विहीबार२०१९

पुजा शुरूहुने समय:- विहान ८:३०बजेबाट

धन्यबाद

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड PABFONE

२६,सेप्टेम्बर २०१९

बार्षिक साधारण सभामा सम्वन्धित सबैलाई निमन्त्रणा

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको बार्षिक साधारण सभामा सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय सम्पूर्ण नेपाली भाषी महानुभाबहरू, PABFONE का चन्दा दाता (Donner ) तपाईंहरु , सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

हामी नेपालिहरुको साझा अभियान को रुपमा रहेको भवन खरिद गर्ने कार्य तपाई हाम्रो नै सहयोग र सहभागितामा सप्पन्न गरिएको कुरा सबैमा जानकारी नै छ।

अब उक्त भवन मा, मन्दिर र इस्तुपा इस्थापना गरि सन्चालन गर्ने जिम्मेवारी हाम्रो काधमा आयको छ।

यो बीचमा Town of Brantree बाट भवन सन्चालनार्थ लिनु पर्ने सबै Permits हरु लिई सकियको छ।

तेसैले निम्न मिति र स्थानमा हुन गै रहेको साधारण सभामा हामी सबै उपस्थित भै हाम्रो आफ्नै नेपाली सेन्टर बेबस्थित र उपयोगी तरिकाले के कसरी सन्चलन गर्न सकिन्छ भन्ने सवालमा गहन छलफल गरि अगाडी बढ्नुपर्ने भएको ले यो साधारणसभा बोलाईयको हो । सबै मा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।

बोस्टनमा हामी नेपालिहरुको आफ्नै मन्दिर र इस्तुपा को साथमा नेपाली कम्युनिटी सेन्टर इस्थापना गर्नुपर्छ भन्ने दृढ़ अभिलाषा मेरो मनमा बिगत लामो समय देखी थियो र Boston बासिले त्यो अबसर दिनु भयो भने मन बचन र कर्म ले त्यो जिम्मेवारी पुरा गर्ने मैले बिचार गरेको थिए, नभन्दै तपाईहरुको बिश्वासको कारणले PABFONE को अध्यक्ष जस्तो महत्त्वपूर्ण र गरिमामय जिम्मेवारी मेरो काधमा दिनु भयो, त्यो जिम्मेवारी आफ्नो जिन्दगीको महत्त्वपूर्ण कार्य सम्झेर मैले सो अभिभारा पुरा गर्न कार्यसमितिका साथीहरूलाई साथमा लियर निरन्तर लागी रहे , त्यो सबै तपाई Boston बासि, बोस्ट्न सप्ताह माहायग्यमा सरिक हुनुहुने तपाईहरु , कलाकार साथीहरू , आदरणीय वाचन प्रबिण दिनबन्धु पोख्रेल ज्यु , आदरणीय गुरुहरु , पत्रकार ज्युउहरु, र कार्यसमितिका साथिहरुको सहयोग र समझदारी ले नै हो ।

PABFONE को इस्थापना काल देखिनै तपाईंहरुको नासो को रुपमा सम्हाल्दै आयको अध्यक्ष को जिम्मेवारी यसै साधारणसभा देखी सुम्पने बिचारमा छु, तेसैलेपनि यो साधारणसभामा याहाहरुको उपस्थितिको लागी विनम्र अनुरोध गर्दछु।

बार्षिक साधारण सभामा छलफल हुने बिषयः-

(१ )सस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत, छलफल र अनुमोदन ।

(२ )सस्थाको बार्षिक आयब्ययको विवरण प्रस्तुत,छलफल र अनुमोदन ।

(३ )लेखापरिक्षकको नियूक्ति छलफल र अनुमोदन ।

(४) आगामि बार्षिक कार्यक्रमको विवरण प्रस्तुत छलफल र अनुमोदन ।

(५ )भवन सन्चालन समिति को गठन ।

(६ )फाउन्डेसनको बिधान सम्सोधन र पारित ।

( ७) विविध

बार्षिक साधारण सभा हुने स्थान :-

नेपाली कम्यूनिटी सेन्टरको सभाहल
594 Washington st. Braintree,MA 02184

मिति :- September 22, 2019( Sunday )

समय :- दिनको 4:00 बजे देखि ।

धन्यबाद
बिष्णु मणि आचार्य
अध्यक्ष
पशुपतिनाथ वुध्द फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड PABFONE

जरूरी पूर्ण बैठक

।।जरूरी पूर्ण बैठक ।।

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

न्यू ईग्ल्याण्डबासि आदरणीय महानुभाबहरू,

आगामी बार्षिक साधारण सभा संग संम्वन्धित बिषयहरू उपर छलफल गरि निर्णय गर्नुपर्ने भएकोले जरूरी बैठक निम्न स्थान, मिति र समयमा बोलाईएको हुदाँ तोकिएको समयमै सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

छलफल हुने बिषयः-

१ बार्षिक साधारण सभामा प्रस्तुत हुने समग्र विषय उपर छलफल गरी आबश्यक समितीहरू गठन गर्ने।

२ विविध ।

बैठक हुने स्थान :-

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको सभाहल
594 Washington st. Braintree,MA 02184

मिति :- सेप्टेम्बर १६ तारेख सोमबार २०१९

समय :- साँझ ठिक ६:००बजे देखि ।

धन्यबाद
महासचिबहरू
पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड
PABFONE
सेप्टेम्बर ११ तारेख २०१९

अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

।।जरूरी पूर्ण बैठक ।।

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

न्यू ईग्ल्याण्डबासि आदरणीय महानुभाबहरू,

हामीले खरिद गरी लिएको(594 Washington st. Braintree,MA 02184) भबन संचालन संग संवन्धित समग्र बिषयहरू उपर गहन छलफल गरि निर्णय गर्नुपर्ने भएकोले जरूरी बैठक निम्न स्थान, मिति र समयमा बोलाईएको हुदाँ तोकिएको समयमै सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

छलफल हुने बिषयः-

१ कम्यूनिटी भबन संचालन संग सम्वन्धित

आबश्यक सम्पूर्ण विषयहरू उपर छलफल गरी निर्णय गर्ने बारे ।

२ आगामी सेप्टेम्बर २२ तारेख आईतबार

बोलाईएको बार्षिक साधारण सभाको तयारीका बारे छलफल गरी निर्णय गर्ने बारे ।

३ विविध ।

बैठक हुने स्थान :-

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको सभाहल

594 Washington st. Braintree,MA 02184

मिति :- सेप्टेम्बर ८ तारेख आईतबार २०१९

समय :- साँझ ठिक ५:००बजे देखि ।

धन्यबाद

महासचिबहरू

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड

PABFONE

सेप्टेम्बर ४ तारेख २०१९

सहभागी भै दिनुहुने बारे ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू ।

गैरआवासीय नेपाली संघ, भाषा तथा साहित्य उपसमितिको आयोजनामा वोस्टन

मासाच्यूसेटमा विश्वभरीबाट नेपाली भाषा तथा साहित्यका अगुवाहरूको प्रतिनिधित्व र सहभागीतामा निम्नानुसार हुन गईरहेको “प्रथम नेपाली भाषा साहित्य अन्तर्राष्ट्रिय सम्मेलनमा” सहभागी भै दिनुहुन सबैमा हार्दिक अनुरोध छ ।

कार्यक्रम हुने स्थान:-

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड PABFONE को सभाहल सभाहल (594 Washington st. Braintree,MA 02184 )

मिती:- सेप्टेम्बर २ तारेख सोमबार २०१९

समयः- विहान ९ बजे देखि रातको ९ बजे सम्म

धन्यबाद

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड

PABFONE

सेप्टेम्बर १ तारेख २०१९

पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा

पशुपतिनाथ वुद्ध फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको बार्षिक साधारण सभा बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषी महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

पशुपतिनाथ वुद्ध फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको गत अगस्ट ४ तारेख आईतबार २०१९ मा बसेको पूर्ण बैठककोले यस सस्थाको बार्षिक साधारण सभा निम्न स्थान, मिति र समयमा गर्ने निर्णय गरे अनुसार सस्थाको विधान २०१२ को दफा ८ को अधिनमा रहि यो सूचना गरिएको छ । उक्त बार्षिक साधारण सभामा निम्नानुसार बिषयहरूमा छलफल भै निर्णय गरिने हुदाँ उपस्थितिको लागी सम्वधित सबैमा हार्दिक अनुरोध छ ।

बार्षिक साधारण सभामा छलफल हुने बिषयः-

१ सस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत, छलफल र अनुमोदन ।

२ सस्थाको बार्षिक आयब्ययको विवरण प्रस्तुत,छलफल र अनुमोदन ।

३ लेखापरिक्षकको नियूक्ति छलफल र अनुमोदन ।

४ आगामि बार्षिक कार्यक्रमको विवरण प्रस्तुत छलफल र अनुमोदन ।

५ कार्य समिति बारे ।

६ विविध ।

बार्षिक साधारण सभा हुने स्थान :-

नेपाली कम्यूनिटी सेन्टरको सभाहल

594 Washington st. Braintree,MA 02184

मिति :- सेप्टेम्बर २२ तारेख आईतबार २०१९

समय :- दिनको ४ बजे देखि ।

धन्यबाद

महासचिबहरू

पशुपतिनाथ वुध्द फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड PABFONE

अगस्ट ७ तारेख २०१९

Pashupatinath Buddha Foundation of New England

This is information for all the assembly members, general Nepali- Americans and interested public of New England that the Pashupatinath Buddha Foundation of New England has announced its General Assembly meeting:

As decided by the working committee (board of director)’s meeting on the 4th of August , 2019 we are glad to announce our “General Assembly Meeting” at the following venue, time and date. It is also decided as accordance with the constitution and bylaws of the PABFONE. If you would like to know about the organization’s overall situation and support the organization in fulfilling its goals, please come to the assembly meeting and share your views and ideas. Please help us create a nice program for the future of the organization. Following are the major subjects to discuss at the meeting:-

1) Yearly overall report of the Organization.

2) Income and expenditure of the Organization.

3) New CPA appointment, approval.

4) Discussion upon future program and working schedule of the organization, approval.

5) Discussion about Board of Directors.

6) Others…

venue:-

Nepali community center

594 Washington st. Braintree,MA 02184

Time:- 4:00 PM

Date:- Sunday 22nd September 2019

Thanks

General Secretaries

PABFONE

August 7,2019

पूर्ण बैठकमा सम्वन्धित सबैलाई निमन्त्रणा

पशुपतिनाथ वुद्ध फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

न्यू ईग्ल्याण्डबासि आदरणीय महानुभाबहरू गत अगस्ट ७ तारेख बुधबार २०१९ का दिन मासाच्यूसेट राज्यको 594 Washington st. Braintree,MA 02184 स्थित First Baptist Church नेपाली कम्यूनिटी सेन्टरको लागी खरिद गरिलिने कार्य सम्पन्न भएको छ । भबन खरिद पश्च्यात भबन संचालन संग सम्वन्धित सबै विषयहरूमा छलफल गरी निर्णय गर्नुपर्ने भएकोले

जरूरी बैठक निम्न स्थान, मिति र समयमा बोलाईएको हुदाँ तोकिएको समयमै सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

छलफल हुने बिषयः-

१ कम्यूनिटी भबन संचालन सम्वन्धि

आबश्यक सम्पूर्ण विषयहरू उपर छलफल गरी निर्णय गर्ने बारे ।

२ अर्थ संकलन,भबन खरिद गरीदातकको खर्च विबरण बारे छलफल गरी निर्णय गर्ने बारे ।

३ आगामी साधारण सभाको तयारी बारे ।

४ विविध ।

बैठक हुने स्थान :-

नेपाली कम्यूनिटी सेन्टरको सभाहल

594 Washington st. Braintree,MA 02184

मिति :- अगस्ट १८ तारेख आईतबार २०१९

समय :- साँझ ठिक ५:३० बजे देखि ।

धन्यबाद

महासचिबहरू

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड

PABFONE

अगस्ट १४ तारेख २०१९

नोट:-

(बोस्टन सप्ताहमा दान रकम घोषणा गरी दान रकम नबुझाई सक्नु भएका सबै महानुभाबहरूलाई खबर गरि दान रकम उठाई ल्याउन गत बैठकले क्षेत्र र जिम्मेवारी तोके बमोजिम जिम्मेवारी लिनुहुने सबैले रकम नबुझाई सक्नुभएक सबैलाई खबर गरी दान रकम समेत लिई बैठकमा उपस्थित हुनुहुन सबैलाई सविनय अनुरोध छ ।)

पशुपतिनाथ वुद्ध फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको जरूरी बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा

पशुपतिनाथ वुद्ध फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको जरूरी बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

नेपाली कम्यूनिटी सेन्टरको लागी आबश्यक सबै पूर्वाधारहरू भएको 594 Washington st. Braintree,MA 02184 स्थित First Baptist Church खरिद गर्नाका लागी
हामीले पेश गरेको अफर स्विकर भै गत जून २८ तारेख २०१९मा बोलाईएको सस्थाको जरूरी विशेष साधारण सभाले कार्यसमितीले पेश गरेको उक्त भबन किन्ने प्रस्ताबलाई एक मतले पारित गरी P&S मा हस्ताक्षर गर्न अनुमति दिए मूताबिक गत जूलाई ३ तारेख बुधबार २०१९ मा P&S मा हस्ताक्षर भएको छ ।
आदरणिय महानुभाबहरू
विगतका अनुभबहरूबाट शिक्षा लिदै यस पटक बुझ्नु पर्ने सबै बिषयहरूमा संवन्धित क्षेत्रका ज्ञाता र प्राबिधकहरू समेतको सहयोग लिई बुझि,सोचबुझ पूर्णरूपमा P&S मा हस्ताक्षर गर्ने काम भएको छ । दशकौ देखि मासाच्यूसेट राज्यमा नेपाली कम्यूनिटी सेन्टरको स्थापनाको सपना साकार हुने सम्भाबना करिब करिब पूरा हुने लक्ष्य तर्फ अघि बडेको छ ।कुनै भबितब्य परेको अबस्थामा बाहेक आगामी एक महिना भित्र उक्त भबन हामीले पास गरेर लिई सक्नु पर्नेछ , हामीले गत बोस्टन सप्ताहमा दान रकम घोषणा गर्नुहुने सबै महानुभाबहरूलाई जानकारी गराई छिठो भन्दा छिठो उक्त रकम उठाउन सबैको सहयोगको आबश्यकता छ । तसर्थ यसै भबन खरिद प्रकॄया संग संवन्धित समग्र बिषयहरू उपर गहन छलफल गरि निर्णय गर्नुपर्ने भएकोले जरूरी बैठक निम्न स्थान, मिति र समयमा बोलाईएको हुदाँ तोकिएको समयमै सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

छलफल हुने बिषयः-

१ कम्यूनिटी भबनको लागी 594 Washington st. Braintree,MA 02184 को भबन खरिद गर्नका लागी आबश्यक सम्पूर्ण विषयहरू उपर छलफल गरी निर्णय गर्ने बारे ।

२ कम्यूनिटी भबन खरिदका लागी आबश्यक रकम संकलन के कसरी गर्ने भन्ने बारे छलफल गरी निर्णय गर्ने बारे ।

३ विविध ।

बैठक हुने स्थान :-

First Baptist Church
594 Washington st. Braintree,MA 02184

मिति :- जूलाई १४ तारेख आईतबार २०१९

समय :- साँझ ठिक ५ बजे देखि ।

धन्यबाद
महासचिबहरू
पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड
PABFONE
जूलाई १० तारेख २०१९