प्रेष विज्ञप्ति

पशुपतिनाथ बुद्ध फाउन्डेशन अफ न्यू ईङ्गल्याण्ड (प्याब्फोन)

PASHUPATINATH BUDDHA FOUNDATION OF NEW ENGLAND (PABFONE)

प्रेष विज्ञप्ति

पशुपतिनाथ बुद्ध फाउन्डेशन अफ न्यू ईङ्गल्याण्ड (PABFONE) को सातौं बार्षिक साधारण सभा सेप्टेम्बर २२, २०१९ आइतबार सांझ ब्रेनट्रीस्थित संस्थाको आफ्नै भवनमा सम्पन्न भयो । संस्थाका चेयरपर्सन श्री मिलन गुरूङ्गको सभापतित्वमा भएको उक्त सभामा संस्थाका अध्यक्ष बिष्णु मणि आचार्यले उपस्थित अतिथि लगायत सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नु भयो । उक्त सभाले संस्थाका महासचिव बिरोचन नेपालद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन र कोषाध्यक्ष शुशील पौडेलद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै पुष्कर न्यौपानेलाई संस्थाको लेखापरिक्षकमा पुन: नियुक्त गर्यो । त्यसपछी संस्थाको विधान २०१२ लाइ संसोधन र परिमार्जन गर्न पुष्कर न्यौपाने, शिव श्रेष्ट, र बिजय शर्मा सम्मिलित तीन सदस्यीय विधान मस्यौदा समितिले तयार पारेको संसोधित र परिमार्जित विधान मस्यौदा समितिका सदस्य पुष्कर न्यौपानेले सभामा प्रस्तुत गर्नुभयो । प्रस्तुत विधान उपर छलफल हुँदा विधानमा उल्लेखित सदस्यको मताधिकार व्यवस्था प्रति हलमा उपस्थित केही सहभागीहरुको बिमति रहेपनि प्रस्तुत विधान अत्यधिक बहुमतले पारित भयो । त्यस्तै मुख्य सभा हल भाडामा लगाउने वा पूजाको लागी मात्र प्रयोग गर्ने भन्ने बिषयमा छलफल हुँदा संस्थाको आर्थिक दायित्व वहन गर्न वैकल्पिक आर्थिक योजना ल्याए भाडामा लगाउने बिषयमा पुनर्विचार गर्न सकिने निर्णय सभाले गर्यो ।

तत् पश्चातः अध्यक्ष बिष्णु मणि आचार्यको अध्यक्षतामा कार्यरत पुरानो कार्यसमिति, भवन खरिद सम्बन्धमा बनेको प्रोपर्टी टास्क फोर्स लगायत सबै समिति र उपसमिति विघटन भइ निर्वाचन समितिका संयोजक दिन भट्टले बिष्णु कार्कीको अध्यक्षतामा बनेको २९ सदस्यीय नयाँ कार्यसमिति र बिष्णु मणि आचार्यको नेतृत्वमा बनेको १७ सदस्यीय बोर्ड अफ ट्रष्टीको घोषणा गर्नु भयो । स्मरण रहोस् नयाँ विधानले स्थापना कालदेखि हालसम्म दश हजार डलर आर्थिक सहयोग गरेको व्यक्ति बोर्ड अफ ट्रष्टीको सदस्य हुन सक्ने व्यवस्था गरेकाे छ ।

नयाँ कार्यसमितिमा मनोनित पदाधिकारी र सदस्यहरूः

१. बिष्णु कार्की, अध्यक्ष
२. बिष्णु मणि आचार्य, निवर्तमान अध्यक्ष
३. सुरेश वाग्ले, प्रथम उपाध्यक्ष
४. एलीना श्रेष्ठ, दुतिय उपाध्यक्ष
५. बिजय तामाङ, तृतीय उपाध्यक्ष
६. गौरव थपलिया, महासचिव
७. रन्जन थापा, सचिव
८. खगेन्द्र रेग्मी, कोषाध्यक्ष
९. राधा कृष्ण पन्त, सह कोषाध्यक्ष
१०. परशुराम फुयाल, प्रवक्ता
११. किरण खड्का, सदस्य
१२. अन्जु थापा, सदस्य
१३. दिपक काफ्ले, सदस्य
१४. सुरेश ढकाल, सदस्य
१५. लक्ष्मी खनाल, सदस्य
१६. मिलन कुमार कार्की, सदस्य
१७. लव अधिकारी, सदस्य
१८. चिरन्जिवि आचार्य, सदस्य
१९. राम धिताल, सदस्य
२०. संगित निरौला, सदस्य
२१. चन्द्र ब. मल्ल, सदस्य
२२. चन्द्र देव मंडल, सदस्य
२३. दिनेश ढुंगेल, सदस्य
२४. प्रचंड श्रेष्ठ, सदस्य
२५. चन्द्र पुन, सदस्य
२६. संजय राय, सदस्य
२७. यम पौडेल, सदस्य
२८. अखण्ड श्रेष्ठ, सदस्य
२९. जाल प्रसाद घिमिरे, सदस्य

बोर्ड अफ ट्रष्टीः

१. बिष्णु मणि आचार्य, चेयरमेन
२. मिलन गुरुङ, भाइस चेयरमेन
३. राम थापा, भाइस चेयरमेन
४. बिरोचन नेपाल, भाइस चेयरमेन
५. ध्रुव घिमिरे, भाइस चेयरमेन
६. शुशील पौडेल, भाइस चेयरमेन
७. महेश्वर पन्त, भाइस चेयरमेन
८. बिष्णु कार्की, ट्रष्टी
९. भुवन गुरुङ, ट्रष्टी
१०. शिव श्रेष्ट, ट्रष्टी
११. लक्ष्मी नारायण प्रधान, ट्रष्टी
१२. प्रकाश अधिकारी, ट्रष्टी
१३. हिमालयन बिष्ट्रो, ट्रष्टी
१४. सुरेश वाग्ले, ट्रष्टी
१५. सुरेश ढकाल, ट्रष्टी
१६. जाल प्रसाद घिमिरे, ट्रष्टी
१७. निरज अर्याल, ट्रस्टी

नयाँ कार्यसमिति र बोर्ड अफ ट्रष्टी घोषणा पश्चात संयोजक दिन भट्टले नयाँ कार्यसमिति र बोर्ड अफ ट्रष्टीको पदाधिकारी र सदस्यहरू सबैलाइ पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो । संस्थाको बोर्ड अफ डाइरेक्टरमा रहेर देउसी भैलो, बोस्टन सप्ताह र भवन खरिद लगायत विभिन्न कार्यक्रमहरूमा महत्वपूर्ण योगदान गर्नुहुने सबैलाई प्रशंसा पत्र वितरण गरिएको थियो । सभाका सभापति श्री मिलन गुरूङ्गले निवर्तमान समितिका सबै सदस्यहरूलाई धन्यवाद तथा नयाँ समितिका सदस्यहरूलाई सफलताको शुभकामना दिएर सभा विसर्जन गर्नु भयो।

धन्यवाद ।
परशुराम फुयाल

प्रवक्ता
कार्यसमिति
पशुपतिनाथ बुद्ध फाउन्डेशन अफ न्यू ईङ्गल्याण्ड (प्याब्फोन)
मितिः सेप्टेम्बर २२, २०१९ ।