
पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्डको तर्फबाट भर्चुअल देऊसी भैलो कार्यक्रम, २०२० हुनेः आदरणीय ग्रेटर बष्टन क्षेत्रमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली भाषा, कला, एवं संस्कृतिमा विस्वास गर्नु हुने महानुभावहरुमा नमस्कार । यस पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्डले हरेक बर्ष नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा देऊसी-भैलो कार्यक्रमको आयोजना गर्दै आएको यहाँमा विधितै छ । सोही अनुरुप यस बर्ष पनि यस महामारीको कठिन अवस्थाका बाबजुद तल उल्लेखित मितिमा बष्टन शुसेली समुह, एभरेष्ट व्याण्ड, तथा अन्य थुप्रै स्थानिय कलाकारहरुका साथमा “भर्चुअल” देऊसी-भैलो कार्यक्रम, २०२० को आयोजना हुन गैरहेको छ ।
विशेषत: लामो समयको अथक प्रयास पश्चात हाम्रो आफ्नै भवन खरिद गर्न सफल भई हाल उक्त भवन हाम्रो आफ्नै मौलिक रुपमा पुनर्संरचना गर्ने कार्य भई रहेको यस अवसरमा यो बर्षको देऊसी-भैलोको महत्व अझ विशेष हुने कुरामा कुनै फरक मत हुनै सक्दैन ।
आफ्नै भवनमा आयोजना भई विभिन्न भर्चुअल माध्यामबाट यहाँहरू आ-आफ्नै घरमा बसी सहभागी हुन सक्ने यस देऊसी-भैलो, २०२० कार्यक्रममा सहभागी भई देऊसी-भैलो खेली खुशी समेत साटासाट गर्नु पर्ने यो क्षणमा सकेसम्म यस न्यू ईगंल्याण्ड क्षेत्रमा बसोबास गर्ने समस्त नेपाली कोही पनि सुचनाबाट वन्चित हुन नपरोस् भन्ने मनसायका साथ आफुले चिने-जानेका सबैमा यो देऊसी-भैलो कार्यक्रमको जानकारी पुर्यांऊ । आफु स-परिवार सहभागी बनौं र सबैलाई स-परिवार सहभागी हुन अनुरोध गरौं ।
कार्यक्रम मितीः २०२० नोभेम्बर १५, आईतबार
विस्तृत जानकारी पछी उपलब्ध गराईने छ।
धन्यवाद ।