पशुपतिनाथ बुद्ध फाऊण्डेशन अफ न्यू ईगंल्याण्ड (PABFONE) को भर्चुअल देऊसी-भैलो २०२० कार्यक्रमको प्रारम्भिक जानकारी (विस्तृत जानकारी छीटै आऊनेछ ।):
यस पशुपतिनाथ बुद्ध फाऊण्डेशन अफ न्यू ईगंल्याण्ड (PABFONE) ले हरेक बर्ष नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा आफ्नो कला, संस्कृति, र परंपराको जगेर्नाका लागी देऊसी-भैलो कार्यक्रम गर्दै आएकोमा सोही अनुरुप यस महामारीको कठिन अवस्थाका बाबजुद पनि यो बर्षको देऊसी-भैलो कार्यक्रम भर्चुअल रुपमा आयोजना गरी हर्षोल्लासका साथ सम्पन्न भएकोछ ।
विशेषत: लामो समयको अथक प्रयास पश्चात हाम्रो आफ्नै भवन खरिद गरी हाल आफ्नै ढाँचामा पशुपतिनाथको मन्दिर, बुद्ध स्तुपा सहितको नेपाली सामुदायीक भवन निर्माण गर्न पुनर्निर्माण कार्य भई रहेको अवसरमा यो बर्षको देऊसी-भैलोको महत्व विशेष थियो । आफ्नै भवनबाट प्रत्यक्ष प्रसारण भएको यो देऊसी-भैलोमा यस न्यू ईगंल्याण्ड क्षेत्रमा बसोबास गर्ने समस्त नेपाली लगायत अमेरिकाका अन्य राज्यहरु, नेपाल, तथा अन्य संसारभरबाट नेपाली भाषा संस्कृति र परम्परालाई माया गर्नु हुने हजारौं महानुभावहरु भर्चुअल रुपमा सहभागी भई यो बर्षको भर्चुअल देऊसी-भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोछ ।
यस बर्षको देऊसी-भैलोबाट फाऊण्डेशनको सहयोगार्थ हालसम्म $४०,००० डलर भन्दा माथी दान संकलन भएको अनुमान गरेका छौं । अझै पनि दान आऊने क्रम जारी रहेको तथा यस सम्बन्धी अन्य तथ्य संकलन कार्य समेत भई रहेका कारण यसको विस्तृत विवरण छिटै यहाँहरु समक्ष ल्याउने नै छौं ।
संस्थाका महासचिव श्री गौरव राज थपलियाको संयोजकत्वमा गठीत उपसमितीको योजना अनुरुप श्री सुन्दर गुरुगं ज्यूको नेतृत्वमा कलाकार प्रशिक्षण, तथा PABFONE-EC र BOT का तर्फबाट यस कार्यक्रमका लागी प्रत्यक्ष एवं परोक्ष रुपमा पदाधिकारी/सदस्यहरुले गर्नु भएको मेहनत र परिश्रमका कारण भर्चुअल देऊसी-भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न भएकोछ ।
हामी यस अवसरमा भर्चुअल देऊसी– भैलो कार्यक्रममा भर्चुअल रुपमै सहभागी हुनु हुने, देऊसी-भैलोमा दान गर्नु हुने सबैमा हार्दिक धन्यवाद ज्ञापन । यसका साथै फरक राज्यमा बसोबास भएता पनि हाम्रो संस्थालाई माया गरी दान सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरु तथा संस्थालाई समेत धन्यवाद ज्ञापन गर्दछौं ।
हाम्रो कार्यक्रमको प्रचार प्रसार र प्रत्यक्ष प्रसारणमा सहयोग गर्नुहुने प्रचार प्रसार समुह, कृष्ण कँडेल तथा ईण्द्रेणी परिवार नेपाल, तथा ईनेप्लीज अमेरिका, लगायत अन्य प्रचार प्रसारमा सहयोग गर्नु हुने तथा लाईभ गरिदिनुहुने सबैमा पनि धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
देऊसी-भैलो कार्यक्रमको तयारीका लागी अहोरात्र खटिनु हुने पदाधिकारी/सदस्य/तथा अन्य महानुभावहरु, फेसबुक लाईभ/फोटो/भिडियो/ध्वनी व्यावस्थापनमा खटिनुहुने प्राविधिकहरु, विभिन्न सिटिमा कार्यक्रमको प्रचार तथा दान संकलनका लागी संयोजन/योगदान गर्नु हुने महानुभावहरु, कलाकारहरु तर्फ बष्टन लोक सुसेली, एभरेष्ट व्याण्ड, तथा स्थानीय कलाकारहरुलाई पनि धन्यवाद ज्ञापन गर्दछौं ।
कार्यक्रममा खाना लगायत अन्य व्यावस्थापनमा सकृय सहभागीता जनाई सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरुमा पनि धन्यवाद ज्ञापन गर्दछौं ।
थप जानकारी र विस्तृत विवरण पछी यस संथाको Website: https://35.230.175.29/ र यस संस्थाको फेसबुक पेजमा उपलब्ध हुनेछ ।
धन्यवाद ।परशुराम फुयाल
प्रवक्ता
पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन