Pashupatinath Buddha Temple

मिति: फेब्रुअरी २ तारीख २०२४

पुजारी को नियुक्ति को लागि योग्यता सहित विज्ञापन

पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यु ईङ्गल्याण्ड (PABFONE) द्वारा सञ्चालन गरिँदै आएको श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा दैनिक पूजा सञ्चालन गर्ने पुजारीको आवश्यकता भएकाले योग्य तथा इच्छुक महानुभाव हरूद्वारा आवेदनका लागि यो सूचना प्रकाशित गरिएको छ।

पद:      पुजारी तथा भवन ब्यवस्थापक

अवधि: स्थायी

शिक्षा:   संस्कृत तथा नेपाली भाषासहित कम्तीमा उत्तर मध्यमासम्म उत्तीर्ण गरेको

ज्ञान, शीप तथा अनुभव:

  • वैदिक पूजा तथा धार्मिक अनुष्ठानहरूको ज्ञान तथा कम्तीमा १० वर्षको अनुभव भएको तथा रुद्राभिषेक सहित भगवान शिव पञ्चायन लगायत अन्य देवदेवीको वैदिक विधिले दैनिक पूजा तथा आरती गर्न / गराउन सक्ने
  • कर्मकाण्डको ज्ञान तथा कम्तिमा १० वर्ष काम गरेको अनुभव भएको तथा आवश्यकता अनुसार न्वारान, पास्नी, व्रतबन्ध, विवाह, अन्त्येस्ठी कर्म लगायतका शोडष कर्मको पूजा गर्न / गराउन सक्ने
  • बौद्ध गुरुहरूको निर्देशन अनुसार भगवान बुद्धको दैनिक पूजा तथा आरती गर्न सक्ने
  • नेपाली तथा संस्कृत को विशेष ज्ञान का साथै हिन्दी तथा अङ्ग्रेजीको सामान्य ज्ञान भएको तथा सामान्य संवाद गर्न सक्ने
  • मन्दिर परिषरको सरसफाई, राखन धरन को जिम्मा लिनुका साथै सम्पूर्ण भवनको आधारभूत रेखदेख तथा सुरक्षामा ध्यान पुर्याउन सक्ने
  • मन्दिर खुल्ने तथा बन्द हुने समय तालिका अनुसार उपलब्ध भई सो अनुरुप कार्य गर्न सक्ने र आवश्यक परेमा ब्रेनट्री अथवा नजिकै बसाई समेत सर्नसक्ने
  • मन्दिर दर्शन को लागि आउने भक्तजन तथा पूजा अनुष्ठान आदिका लागि आउने अथवा सम्पर्क गर्ने भक्तजनहरुसँग मिठोसँग बोल्ने तथा सही सूचना सम्प्रेसण गर्न सक्ने
  • मन्दिरमा चढाइएका भेटिहरुलाई संकलन गरी हिसाब सहित कोषाध्यक्ष समक्ष बुझाउन सक्ने
  • ज्योतिष विद्या को ज्ञान तथा जन्म-पत्रिकाहरू लेख्ने तथा विश्लेषण गर्ने सामान्य अनुभव
  • पुराण तथा महपुराणहरुमा प्रत्यक्ष संलग्न भई काम गरेको अनुभव

आवेदन प्रक्रिया: इच्छुक उम्मेदवारहरूले आफ्ना सैक्षिक तथा अन्य प्रमाणपत्रहरु सहित General_Secretary@pabfone.org मा आवेदन गर्नुहोस् ।