Pashupatinath Buddha Temple

शुपतिनाथ बुद्ध फाऊण्डेशन अफ न्यू-ईग्ल्याण्ड (PABFONE)

निर्वाचन समितिको जरूरी सूचना!!!

पशुपतिनाथ बुद्ध फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड (PABFONE) कार्य समितिको गत फेब्रुअरी २३, २०२२ मा वसेको बैठकको निर्णयले गठित निर्वाचन समितिले पशुपतिनाथ वुद्ध फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड (PABFONE) को २०२२-२०२४ सम्म बहाल रहने कार्य समितिको निर्वाचन सम्पन्न गर्न पशुपतिनाथ बुद्ध फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड (PABFONE) को विधान २०१९ को अधिनमा रहि निम्नानुसार यो सूचना र निर्वाचन तालिका प्रकाशन गरीएको सम्वन्धित सबैलाई जानकारी गराईन्छ ।

१. आगामी दुई (२०२२-२०२४)बर्षको लागी हुन गईरहेको निर्वाचनमा निम्नानुसारको पद र संख्यामा निर्वाचन हुनेछ ।

अध्यक्ष – संख्या १

प्रथम उपाध्यक्ष – संख्या १

दुतिय उपाध्यक्ष – संख्या १

त्रितिय उपाध्यक्ष- संख्या १

महासचिब – संख्या १

सचिब – संख्या १

कोषाध्यक्ष – संख्या १

सह कोषाध्यक्ष – संख्या १

प्रवक्ता-संख्या १

सदस्य – संख्या १७

२. निर्वाचनमा चुन्न र चुनिनको लागी पशुपतिनाथ वुध्द फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड PABFONEको विधानको वमोजिमको सदस्यता अनिवार्यरूपमा लिएको हुनु पर्नेछ ।

३. आगामी दुई(२०२२-२०२४)बर्षको लागी हुन गईरहेको निर्वाचनमा मार्च २४ तारेख २०२२ सम्म पशुपतिनाथ वुध्द फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड PABFONE को सदस्यता लिएका महानुभाबहरू मात्र निर्वाचनमा चुन्न र चुनिनको लागी योग्य हुनेछन।

४. मार्च २४ तारेख २०२२ सम्म पशुपतिनाथ वुध्द फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड PABFONE को सदस्यता लिएका महानुभाबहरूको नामावली माथी छानबिन गरी कार्य समितिले सम्पूर्ण सदस्यको विबरण मार्च २५ तारेख २०२२ सम्म निर्वाचन समितिलाई दाखिला गरी सक्नु पर्ने छ ।

५. पशुपतिनाथ वुध्द फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड PABFONE को कार्यसमितिले बुझाएको सदस्यता नामावलि निर्वाचन समितिले मार्च २५ तारेख २०२२ का दिन दिउसो ५ बजे पशुपतिनाथ वुध्द फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड PABFONE को website-www.PABFONE.orgमा र फेसवुक पेजमा प्रकाशन गर्नेछ ।

६. मार्च २६ तारेख २०२२ दिनको ५ वजे सम्म फोन मार्फत मतदाता नामाबली उपर दावी विरोध गर्न सकिनेछ ।

७. मार्च २६ तारेख २०२२ सॉझ ७ वजे अन्तिम मतदाता नामावली प्रकाशन गरीनेछ ।

८. मार्च २७ तारेख २०२२ का दिन सांझ ५ बजे देखि ६ बजे सम्म उम्मेदारी दाखिला गर्न सकिनेछ ।

९. मार्च २७ तारेख २०२२ सांझ ६ः१५ वजे उम्मेदवारी नामावाली प्रकाशन गरीनेछ ।

१०. मार्च २७ तारेख २०२२ सांझ ६ः२० देखि ६ः४० सम्म उम्मेदारहरूको नामावली माथी दावी विरोध ।

११. मार्च २७ तारेख २०२२ सांझ ६ः५० वजे उम्मेदारहरूको अन्तिम नामावलि प्रकाशन ।

१२. मार्च २७ तारेख २०२२ सांझ ७ वजे देखि सांझ ८ वजे सम्म निर्वाचन ।

१३. निर्वाचन हुने स्थान:-पशुपतिनाथ बुद फाऊण्डेसन अफ न्यू ईग्लांण्डको भबन594 Washington StBraintree MA 02184United States

१४. मार्च २७ तारेख २०२२ सांझ निर्वाचन सम्पन भएपछि मतगणना ,घोषणा र सफथग्रहण।

१५. निर्वाचन समितिको कार्यलयपशुपतिनाथ बुद फाऊण्डेसन अफ न्यू ईग्लांण्डको भबन594 Washington StBraintree MA 02184United States मा तोकिएको छ ।

१६. निर्वाचन संग सम्वन्धित सम्पूर्ण कागजात निर्वाचन समितिको कार्यलयबाट प्राप्त गर्न सकिने छ ।

१७. उम्दवारी शुल्क

अध्यक्ष $३००,

उपाध्यक्षहरु र महासचिव $२०० ,

सचिव,कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता $१००,

सदस्यहरू $५० डलर तोकिएको छ।

धन्यबाद ।।

पशुपतिनाथ वुध्द फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड (PABFONE) निर्वाचन समिति २०२२

निर्वाचन समिति र सम्पर्क फोन:-

ईच्छा खड्का – सदस्य: (508)292-9162

प्रेम तमाङ – सदस्य: (857)919-2412

डा उषा शर्मा – संयोजक: (857)207-8280

सोमबार, मार्च १४, २०२२