Pashupatinath Buddha Foundation of New England | PABFONE

पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू ईङ्गल्याण्ड
Pashupatinath Buddha Foundation of New England | PABFONE

देऊसी-भैलो कार्यक्रम

आदरणीय पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्ड (PABFONE) EXECUTIVE COMMITTEE पदाधिकारी तथा सदस्य मित्रहरु !

यस पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्ड (PABFONE) ले हरेक बर्ष नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा देऊसी-भैलो कार्यक्रम गर्दै आएकोमा यस बर्ष पनि निम्न स्थान र समयमा देऊसी-भैलो कार्यक्रम आयोजना हुनगैरहेको विधितै छ । विशेषत: लामो समयको अथक प्रयास पश्चात हाम्रो आफ्नै भवन खरिद गर्न सफल भएको अवसरमा यो बर्षको देऊसी-भैलो विशेष महत्वपूर्ण छ । अझ आफ्नै भवनमा हुने देऊसी-भैलो सदॉंका भन्दा भव्यरुपमा मनाई खुशीसमेत साटासाट गर्नु पर्ने भएकाले सकेसम्म यस न्यू ईगंल्याण्ड क्षेत्रमा बसोबास गर्ने समस्त नेपाली कोही पनि सुचनाबाट वन्चित नहुन् भन्ने मनसायका साथ आफुले चिने-जानेका सबैमा यो देऊसी-भैलो कार्यक्रमको जानकारी पुर्यांऊ । आफु सपरिवार उपस्थित हौं र सबैलाई स-परिवार उपस्थित हुन् अनुरोध गरौं । कम्तिमा आफु १ जनाका साथ १० जना उपस्थित गराऔं र यो बर्षको देऊसी-भैलो कार्यक्रम भव्यताका साथ सफल पारौं ।

कार्यक्रम:
पहिलो दिन:
October 25, Friday, 7:30 PM
1 Moreland Pl. Everett, MA 02149
(Host: Kiran Khadka/Brinda Khadka and team Everett/Malden)

दोस्रो दिन:
October 26, Saturday 8:15 PM
191 Highland Avenue, Somerville, MA 02143
(Host: GBNC and team Somerville )

तेस्रो दिन:
October 27, Sunday 7:00 PM
70 Millers Drive, North Dartmouth MA 02747
(Host: Shiva Shrestha/Anju Shrestha and team)

चौथो दिन:
October 28, Monday 7:00 PM
PABFONE Building
594 Washington Street, Braintree, MA 02184
(host: Metro West Nepali Community)

धन्यवाद

पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्ड (PABFONE)

प्रेष विज्ञप्ति

पशुपतिनाथ बुद्ध फाउन्डेशन अफ न्यू ईङ्गल्याण्ड (PABFONE) को सातौं बार्षिक साधारण सभा सेप्टेम्बर २२, २०१९ आइतबार सांझ ब्रेनट्रीस्थित संस्थाको आफ्नै भवनमा सम्पन्न भयो । संस्थाका चेयरपर्सन श्री मिलन गुरूङ्गको सभापतित्वमा भएको उक्त सभामा संस्थाका अध्यक्ष बिष्णु मणि आचार्यले उपस्थित अतिथि लगायत सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नु भयो । उक्त सभाले संस्थाका महासचिव बिरोचन नेपालद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन र कोषाध्यक्ष शुशील पौडेलद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै पुष्कर न्यौपानेलाई संस्थाको लेखापरिक्षकमा पुन: नियुक्त गर्यो । त्यसपछी संस्थाको विधान २०१२ लाइ संसोधन र परिमार्जन गर्न पुष्कर न्यौपाने, शिव श्रेष्ट, र बिजय शर्मा सम्मिलित तीन सदस्यीय विधान मस्यौदा समितिले तयार पारेको संसोधित र परिमार्जित विधान मस्यौदा समितिका सदस्य पुष्कर न्यौपानेले सभामा प्रस्तुत गर्नुभयो । प्रस्तुत विधान उपर छलफल हुँदा विधानमा उल्लेखित सदस्यको मताधिकार व्यवस्था प्रति हलमा उपस्थित केही सहभागीहरुको बिमति रहेपनि प्रस्तुत विधान अत्यधिक बहुमतले पारित भयो । त्यस्तै मुख्य सभा हल भाडामा लगाउने वा पूजाको लागी मात्र प्रयोग गर्ने भन्ने बिषयमा छलफल हुँदा संस्थाको आर्थिक दायित्व वहन गर्न वैकल्पिक आर्थिक योजना ल्याए भाडामा लगाउने बिषयमा पुनर्विचार गर्न सकिने निर्णय सभाले गर्यो ।

तत् पश्चातः अध्यक्ष बिष्णु मणि आचार्यको अध्यक्षतामा कार्यरत पुरानो कार्यसमिति, भवन खरिद सम्बन्धमा बनेको प्रोपर्टी टास्क फोर्स लगायत सबै समिति र उपसमिति विघटन भइ निर्वाचन समितिका संयोजक दिन भट्टले बिष्णु कार्कीको अध्यक्षतामा बनेको २९ सदस्यीय नयाँ कार्यसमिति र बिष्णु मणि आचार्यको नेतृत्वमा बनेको १७ सदस्यीय बोर्ड अफ ट्रष्टीको घोषणा गर्नु भयो । स्मरण रहोस् नयाँ विधानले स्थापना कालदेखि हालसम्म दश हजार डलर आर्थिक सहयोग गरेको व्यक्ति बोर्ड अफ ट्रष्टीको सदस्य हुन सक्ने व्यवस्था गरेकाे छ ।

नयाँ कार्यसमितिमा मनोनित पदाधिकारी र सदस्यहरूः

१. बिष्णु कार्की, अध्यक्ष
२. बिष्णु मणि आचार्य, निवर्तमान अध्यक्ष
३. सुरेश वाग्ले, प्रथम उपाध्यक्ष
४. एलीना श्रेष्ठ, दुतिय उपाध्यक्ष
५. बिजय तामाङ, तृतीय उपाध्यक्ष
६. गौरव थपलिया, महासचिव
७. रन्जन थापा, सचिव
८. खगेन्द्र रेग्मी, कोषाध्यक्ष
९. राधा कृष्ण पन्त, सह कोषाध्यक्ष
१०. परशुराम फुयाल, प्रवक्ता
११. किरण खड्का, सदस्य
१२. अन्जु थापा, सदस्य
१३. दिपक काफ्ले, सदस्य
१४. सुरेश ढकाल, सदस्य
१५. लक्ष्मी खनाल, सदस्य
१६. मिलन कुमार कार्की, सदस्य
१७. लव अधिकारी, सदस्य
१८. चिरन्जिवि आचार्य, सदस्य
१९. राम धिताल, सदस्य
२०. संगित निरौला, सदस्य
२१. चन्द्र ब. मल्ल, सदस्य
२२. चन्द्र देव मंडल, सदस्य
२३. दिनेश ढुंगेल, सदस्य
२४. प्रचंड श्रेष्ठ, सदस्य
२५. चन्द्र पुन, सदस्य
२६. संजय राय, सदस्य
२७. यम पौडेल, सदस्य
२८. अखण्ड श्रेष्ठ, सदस्य
२९. जाल प्रसाद घिमिरे, सदस्य

बोर्ड अफ ट्रष्टीः

१. बिष्णु मणि आचार्य, चेयरमेन
२. मिलन गुरुङ, भाइस चेयरमेन
३. राम थापा, भाइस चेयरमेन
४. बिरोचन नेपाल, भाइस चेयरमेन
५. ध्रुव घिमिरे, भाइस चेयरमेन
६. शुशील पौडेल, भाइस चेयरमेन
७. महेश्वर पन्त, भाइस चेयरमेन
८. बिष्णु कार्की, ट्रष्टी
९. भुवन गुरुङ, ट्रष्टी
१०. शिव श्रेष्ट, ट्रष्टी
११. लक्ष्मी नारायण प्रधान, ट्रष्टी
१२. प्रकाश अधिकारी, ट्रष्टी
१३. हिमालयन बिष्ट्रो, ट्रष्टी
१४. सुरेश वाग्ले, ट्रष्टी
१५. सुरेश ढकाल, ट्रष्टी
१६. जाल प्रसाद घिमिरे, ट्रष्टी
१७. निरज अर्याल, ट्रस्टी

नयाँ कार्यसमिति र बोर्ड अफ ट्रष्टी घोषणा पश्चात संयोजक दिन भट्टले नयाँ कार्यसमिति र बोर्ड अफ ट्रष्टीको पदाधिकारी र सदस्यहरू सबैलाइ पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो । संस्थाको बोर्ड अफ डाइरेक्टरमा रहेर देउसी भैलो, बोस्टन सप्ताह र भवन खरिद लगायत विभिन्न कार्यक्रमहरूमा महत्वपूर्ण योगदान गर्नुहुने सबैलाई प्रशंसा पत्र वितरण गरिएको थियो । सभाका सभापति श्री मिलन गुरूङ्गले निवर्तमान समितिका सबै सदस्यहरूलाई धन्यवाद तथा नयाँ समितिका सदस्यहरूलाई सफलताको शुभकामना दिएर सभा विसर्जन गर्नु भयो।

धन्यवाद ।
परशुराम फुयाल

प्रवक्ता
कार्यसमिति
पशुपतिनाथ बुद्ध फाउन्डेशन अफ न्यू ईङ्गल्याण्ड (प्याब्फोन)
मितिः सेप्टेम्बर २२, २०१९ ।

पशुपतिनाथ वुद्ध फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

न्यू ईग्ल्याण्डबासि आदरणीय महानुभाबहरू गत अगस्ट ७ तारेख बुधबार २०१९ का दिन मासाच्यूसेट राज्यको 594 Washington st. Braintree,MA 02184 स्थित First Baptist Church नेपाली कम्यूनिटी सेन्टरको लागी खरिद गरिलिने कार्य सम्पन्न भएको छ । भबन खरिद पश्च्यात भबन संचालन संग सम्वन्धित सबै विषयहरूमा छलफल गरी निर्णय गर्नुपर्ने भएकोले

जरूरी बैठक निम्न स्थान, मिति र समयमा बोलाईएको हुदाँ तोकिएको समयमै सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

छलफल हुने बिषयः-

१ कम्यूनिटी भबन संचालन सम्वन्धि

आबश्यक सम्पूर्ण विषयहरू उपर छलफल गरी निर्णय गर्ने बारे ।

२ अर्थ संकलन,भबन खरिद गरीदातकको खर्च विबरण बारे छलफल गरी निर्णय गर्ने बारे ।

३ आगामी साधारण सभाको तयारी बारे ।

४ विविध ।

बैठक हुने स्थान :-

नेपाली कम्यूनिटी सेन्टरको सभाहल
594 Washington st.
Braintree,
MA 02184

मिति :- अगस्ट १८ तारेख आईतबार २०१९

पशुपतिनाथ वुद्ध फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको जरूरी बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

नेपाली कम्यूनिटी सेन्टरको लागी आबश्यक सबै पूर्वाधारहरू भएको 594 Washington st. Braintree,MA 02184 स्थित First Baptist Church खरिद गर्नाका लागी

हामीले पेश गरेको अफर स्विकर भै गत जून २८ तारेख २०१९मा बोलाईएको सस्थाको जरूरी विशेष साधारण सभाले कार्यसमितीले पेश गरेको उक्त भबन किन्ने प्रस्ताबलाई एक मतले पारित गरी P&S मा हस्ताक्षर गर्न अनुमति दिए मूताबिक गत जूलाई ३ तारेख बुधबार २०१९ मा P&S मा हस्ताक्षर भएको छ ।

आदरणिय महानुभाबहरू

विगतका अनुभबहरूबाट शिक्षा लिदै यस पटक बुझ्नु पर्ने सबै बिषयहरूमा संवन्धित क्षेत्रका ज्ञाता र प्राबिधकहरू समेतको सहयोग लिई बुझि,सोचबुझ पूर्णरूपमा P&S मा हस्ताक्षर गर्ने काम भएको छ । दशकौ देखि मासाच्यूसेट राज्यमा नेपाली कम्यूनिटी सेन्टरको स्थापनाको सपना साकार हुने सम्भाबना करिब करिब पूरा हुने लक्ष्य तर्फ अघि बडेको छ ।कुनै भबितब्य परेको अबस्थामा बाहेक आगामी एक महिना भित्र उक्त भबन हामीले पास गरेर लिई सक्नु पर्नेछ , हामीले गत बोस्टन सप्ताहमा दान रकम घोषणा गर्नुहुने सबै महानुभाबहरूलाई जानकारी गराई छिठो भन्दा छिठो उक्त रकम उठाउन सबैको सहयोगको आबश्यकता छ । तसर्थ यसै भबन खरिद प्रकॄया संग संवन्धित समग्र बिषयहरू उपर गहन छलफल गरि निर्णय गर्नुपर्ने भएकोले जरूरी बैठक निम्न स्थान, मिति र समयमा बोलाईएको हुदाँ तोकिएको समयमै सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

छलफल हुने बिषयः-

१ कम्यूनिटी भबनको लागी 594 Washington st. Braintree,MA 02184 को भबन खरिद गर्नका लागी आबश्यक सम्पूर्ण विषयहरू उपर छलफल गरी निर्णय गर्ने बारे ।

२ कम्यूनिटी भबन खरिदका लागी आबश्यक रकम संकलन के कसरी गर्ने भन्ने बारे छलफल गरी निर्णय गर्ने बारे ।

३ विविध ।

बैठक हुने स्थान :-

First Baptist Church
594 Washington st.
Braintree, MA 02184

मिति :- जूलाई १४ तारेख आईतबार २०१९

सम्वन्धित सबैलाई जानकारी

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

यस सस्थाको गत मार्च ३१ तारेख आईतबार २०१९ मा सम्पन्न जरूरी विशेष साधारण सभाले नेपाली कम्यूनिटी सेन्टरको लागी 630 Boston Rd, Billerica, MA 01821 को भबन खरिद गर्न आबश्यक कार्य गर्नाका लागी कार्यसमितीलाई अख्तियार प्रदान गरे मुताबिक उक्त भबन खरिद गर्न आबश्यक कार्यहरू गरी अप्रिल १७,२०१९ का दिन P&S मा हस्ताक्षर भै आबश्यक कार्यहरू हुदै गएकोमा सम्वन्धित टाँऊनको स्टकचरल ईन्जिनीएरले उक्त भबनमा प्रयोग गरीएका फलामहरू नयाँ नभै पुराना फलामहरू पुन प्रयोगमा ल्याईएको, भबनको भारबहान क्षमता प्रति वर्गफिट ५० पाऊण्ड मात्र भएको ऊक्त भारबहान क्षमता टाँऊनको न्यूनतम रिक्वायरमेन्ट भन्दा कम रहेको र उक्त न्यूनतम रिक्वायरमेन्ट पूरा गर्नका लागी कम्तीमा ५ लाख डलर बराबरको निर्माण कार्य गर्नुपर्ने र सो खर्च बढी पनि हुन सक्ने लगायतको प्रतिवेदन सहितका व्यहोरा यस सस्थाका आधिकारीक प्रतिनिधीलाई जानकारी गराए पछि यस सस्थाको मे ५ तारेखमा बसेको पूर्ण बैठकले एकमतले ऊक्त भबन खरिद प्रकृयालाई रोक्ने निर्णय भएको सम्वन्धित सबैलाई जानकारी गराईन्छ ।

धन्यबाद

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड

PABFONE
मे ६ तारेख २०१९

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

नेपाली कम्यूनिटी सेन्टरको लागी 630 Boston Rd, Billerica, MA 01821 को भबन खरिद गर्न आबश्यक काम भैरहेकोमा सो खरिद प्रकृयाका बारेमा यस विचमा भएका केही महत्वपूर्ण बिषयहरूमा जानकारी दिन, अघिल्ला बैठकहरूको निर्णयहरुको समिक्षा र उक्त भबन खरिद प्रकॄया संग सम्वन्धित अन्य महत्वपूर्ण बिषयहरू उपर छलफल गरी निर्णय गर्नुपर्ने भएकोले अत्यन्त जरूरी बैठक निम्न स्थान, मिति र समयमा बोलाईएको हुदाँ सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

बैठक हुने स्थान :-

58 Montvale Ave, Stoneham, MA 02180-3605, United States (Namaste Nepali Resturant)

मिति :- मे ५ तारेख आईतबार २०१९

समय :- साँझ ५:३० बजे देखि ।

अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सूचना।

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

यस सस्थाको गत मार्च ३१ तारेख आईतबार २०१९ मा सम्पन्न जरूरी विशेष साधारण सभाले नेपाली कम्यूनिटी सेन्टरको लागी 30 Boston Rd, Billerica, MA 01821 को भबन खरिद गर्न आबश्यक कार्य गर्नाका लागी कार्यसमितीलाई अख्तियार प्रदान गरे मुताबिक उक्त भबन खरिद गर्न आबश्यक कार्यहरू गरी अप्रिल १७,२०१९ का दिन P&S मा हस्ताक्षर भै सकेको छ तसर्थ उक्त भबन खरिद प्रकॄया संग सम्वन्धित सबै बिषयहरू उपर छलफल गरी निर्णय गर्नुपर्ने भएकोले अत्यन्त जरूरी बैठक निम्न स्थान, मिति र समयमा निम्न विषयहरू उपर छलफल गरि निर्णय गर्ने गरी बोलाईएको हुदाँ सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

बैठकमा छलफल हुने बिषयः-

१ कम्यूनिटी भबनको लागी 630 Boston Rd, Billerica, MA 01821 को भबन खरिद गर्न P&S मा हस्ताक्षर समेत भै सकेको हुदाँ आगामि दिनमा गर्नुपर्ने कामहरूको बारेमा छलफल र आबश्यक जिम्मेवारीहरू तोक्ने बारे ।

२ कम्यूनिटी भबन खरिदका लागी आबश्यक रकम संकलन के कसरी गर्ने भन्ने बारे छलफल गरी निर्णय गर्ने बारे ।

३ गत विशेष साधारण सभाले गत वोस्टन सप्ताहमा चन्दा रकम बोल्नुहुने महानुभाबहरूबाट रकम संकलन गरी ल्याउन विभिन्न क्षेत्र तोकि विभिन्न ब्यक्तित्वहरूलाई जिम्मेवारी तोकेकोमा सो क्षेत्रहरूबाट उठेको रकम बुझने-बुझाऊने,आफ्नो क्षेत्रमा भएको कामको प्रगति विबरण बुझने-बुझाऊने र सो माथी क्षलफल र आबश्यक निर्णय गर्नेबारे।

४ विविध ।

बैठक हुने स्थान :-

58 Montvale Ave, Stoneham, MA 02180-3605, United States (Namaste Nepali Resturant)

मिति :- अप्रिल २१ तारेख आईतबार २०१९

समय :- साँझ ५:३० बजे देखि ।

धन्यबाद

महासचिबहरू

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड

PABFONE

अप्रिल १८ तारेख २०१९

अत्यन्त जरूरी विशेष साधारण सभा बस्नेबारे सूचना।

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी विशेष साधारण सभा बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।

लामो समयको प्रतिक्षा पश्चायत नेपाली कम्यूनिटी सेन्टरको लागी सबै दृश्ट्रिले उपयूक्त देखिएको 630 Boston Rd,

Billerica, MA 01821को भबन गत मार्च २६ तारेख मंगलबार हेरी,उक्त स्थानमा नै बोलाईएको पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको कार्य समितिको बैठक बसि सो भबन किन्न आबश्यक कार्य गर्ने भन्ने एक मतले निर्णय गरे पश्चायत हाम्रो तर्फबाट अफर गरिएकोमा उक्तअफर स्विकर भएको र सोहि बैठकले “हामीले पेश गरेको अफर स्विकर भएको अबस्था विशेष साधारण सभा आयोजना गरी सभाको निर्णय बमोजिम आबश्यक निर्णय गर्ने” भन्ने निर्णय भए बमोजिम अब सस्थाले अत्यन्त सुझबुज पूर्ण छलफल गरी निर्णय गर्नुपर्ने भएकोले अत्यन्त जरूरी विशेष साधारण सभा निम्न स्थान, मिति र समयमा निम्न विषयहरू उपर छलफल गरि निर्णय गर्ने गरी बोलाईएको हुदाँ सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

“आदरणीय महानुभाबहरू यो जरूरी विशेष साधारण सभा अत्यन्त महत्वपूर्ण सभा हो तसर्थ कोही नछुटौ सबैले सबै क्षेत्रमा खबर गरी धेरै भन्दा धेरैको सहभागीता मा निर्णय गरौ ।”

विशेष साधारण सभामा छलफल हुने बिषयः-

१ कम्यूनिटी भबनको लागी 630 Boston Rd, Billerica, MA 01821 को भबन खरिद गर्न सस्थाको कार्य समितिले गरेको निर्णय अनुमोदन र खरिद गर्नका लागी आबश्यक सम्पूर्ण विषयहरू उपर छलफल गरी निर्णय गर्ने बारे ।

२ कम्यूनिटी भबन खरिदका लागी आबश्यक रकम संकलन के कसरी गर्ने भन्ने बारे छलफल गरी निर्णय गर्ने बारे ।

३ विविध ।

जरूरी विशेष साधारण सभा हुने स्थान :-

हिमालयन विष्ठो
(Himalayan Bistro)
1735 Centre St,
West Roxbury, MA 02132

मिति :- मार्च ३१ तारेख आईतबार २०१९

अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू तथा मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू ।

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको कार्य समितिको जरूरी पूर्णबैठक निम्न स्थान, मिति र समयमा निम्न विषयहरू उपर छलफल गरि निर्णय गरिने हुदाँ उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

छलफल हुने बिषयः-

१ कम्यूनिटी भबनको लागी 630 Boston Rd, Billerica, MA 01821 (यस अघि हामीले अफर गरेर पनि नपरेको 43 Manning Rd Billerica, MA 01821को भबन भन्दा पनि उपयूक्त भबन) मा उपयोगी भबन पाईएकोले उक्त भबन हेरी आबश्यक निर्णय गर्ने बारे ।

२ विविध ।

बैठक हुने स्थान :-

630 Boston Rd,
Billerica, MA 01821
United States

मिति :- मार्च २६ तारेख मंगलबार २०१९

समय :- साँझ ६ बजे देखि ।

पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।

आदरणीय सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू तथा मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्मपूर्ण नेपाली भाषि महानुभाबहरू।

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको कार्य समितिको जरूरी पूर्णबैठक निम्न स्थान, मिति र समयमा निम्न विषयहरू उपर छलफल गरि निर्णय गरिने हुदाँ उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

छलफल हुने बिषयः-

१ कम्यूनिटी भबनको लागी 121 Brick Kiln Rd Chelmsford, MA 01824 मा उपयोगी भबन पाईएकोले उक्त भबन हेरी आबश्यक निर्णय गर्ने बारे ।

२ विविध ।

बैठक हुने स्थान :-

121 Brick Kiln Rd
Chelmsford, MA 01824

मिति :- मार्च १२ तारेख मंगलबार २०१९
समय :- साँझ ५ बजे देखि ।

Bishnu M Acharya