Pashupatinath Buddha Temple

हरेक शनिवार दिउस १ बजे देखि ४ बजे सम्म मन्दिरमा बुद्ध प्रवचन श्रृङ्खलाको आयोजना गर्दै छौं। बुद्ध दर्शन तथा धर्म बारे धर्मगुरुहरू बाट प्रवचन प्रस्तुत हुनेछ। यस बारे विस्तृत विवरणहरू थप जानकारीको लागि मन्दिरमा सम्पर्क गर्नुहोला।

हाम्रो पशुपतिनाथ तथा बुद्ध मन्दिर मा हरेक सनिबार दिउसो १ बजे देखि ४ बजे सम्म बुद्ध प्रवचन , आराधना तथा ध्यान को नियेमित कार्यक्रम सुरु भएको छ । अक्टोबर ७ मा समन्त श्री रत्न बज्राचार्य तथा कल्याण मित्र धीर बहादुर गुरुङ बाट बुद्ध जीवन , सरणगमन , भव चक्र सम्बन्धि प्रवचन सम्पन्न भयो। कार्यक्रम मा धिर बहादुर गुरुङ ज्यु बाट लिखित बुद्ध बचन पुस्तक मन्दिर लाइ हस्तान्तरण गरियो।


आगामी दिनहरूमा अन्य बुद्ध गुरुहरूले पनि प्रवचन दिनुहुनेछ। यस कार्यक्रममा यहाँहरूको सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछौं।