Pashupatinath Buddha Temple

देऊसी-भैलो २०८०/2023 मा सहभागिताका लागी अनुरोधः

ग्रेटर बष्टन क्षेत्रमा रहेका सम्पुर्ण नेपाली संघ संस्थाका अध्यक्ष, पदाधिकारी, तथा सदस्य ज्युहरू,

आदरणिय दाता तथा समस्त ग्रेटर बष्टन निवासी महानुभावहरु,

नमस्कार!

सर्वप्रथम आँऊदै गरेको तिहार तथा दिपावली २०८०/2023 को उपलक्ष्यमा पशुपतिनाथ बुद्ध फ़ाऊण्डेशन अफ न्यू ईङ्गल्याण्ड (PABFONE) को तर्फबाट सबैमा हार्दिक मंगलमय शुभकामा! यो तिहारले हामी सबैमा सुख, शान्ति, तथा सम्वृद्दी ल्याओस्।

हाल यस PABFONE को भवन तथा यस भवनमा रहेको मन्दिरको पुनरसंरचना कार्य सम्पन्न भई भवनको मुख्य सभाहलमा एकातर्फ पाञ्चायन सहित श्री पशुपतिनाथको मन्दिर तथा अर्कोतर्फ भगवान बुद्धको मुर्ति सहित स्तुपाको संरचना सहितको सामुदायिक केन्द्र दैनिक रुपमै सञ्चालन आईसकेको यहाँमा विदितै छ। अतः समय मिलाएर मन्दिरमा दर्शनका लागी आऊनु हुन पनि अनुरोध गरिन्छ।

यस PABFONE ले हरेक बर्ष नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा देऊसी-भैलो कार्यक्रमको आयोजना गर्दै आएको छ । सोही अनुरुप यस बर्ष पनि यहि नोभेम्बर १३, २०२३ सोमबार साँझ ५:०० बजे देखि राती ८:३० बजे सम्म संस्थाको आफ्नै भवन 594 Washington Street, Braintree, MA 02184 मा देऊसी-भैलो कार्यक्रम, २०८०/2023 को आयोजना गर्न गैरहेको छ।

यस्तो अवस्थामा हुन गई रहेको यस बर्षको यो देऊसी-भैलो कार्यक्रमको महत्व अझ विशेष हुने कुरामा दुई मत छैन। यस मन्दिर तथा भवनको दिर्घकालिन व्यावस्थापन एवं सञ्चालनका लागी यहाँहरुको सहयोग अपरिहार्य रहेको छ।

हुन गईरहेको यस देऊसी-भैलो कार्यक्रमको संयोजकत्व संस्थाका BOT उपाध्यक्ष श्री राम थापा ज्युले गर्दै हुनुहुन्छ भने कलाकार तर्फको संयोजकत्व हाम्रै चिरपरिचित कलाकार श्री शुसिल गौतम ज्युले गर्दै हुनुहुन्छ। यो बर्षको देऊसी-भैलो कार्यक्रममा पनि सधा झैं बष्टनका चिरपरिचित कलाकारहरुको समुह बष्टन लोक शुसेली समुह, एभरेष्ट व्याण्ड, मन्दिरको नियमित भजन समुह, तथा अन्य स्थानिय कलाकारको जोडदार सहभागीता रहनेछ।

PABFONE को स्थापना देखी नै आर्थिक मेरुदण्डका रुपमा रहेको देऊसी-भैलोमा यहाँहरुको भूमिका सदैव महत्वपुर्ण र सहयोगी रहदै आएको छ। अतः यस बर्षको देऊसी-भैलो पनि सफलताका साथ सम्पन्न गर्नका लागी यहाँहरुको पहिलेको भूमिका एवं अमुल्य सहयोगको कदर गर्दै यस बर्षको देऊसी-भैलोको पुर्ण सफलताका लागी पुनःसहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

यसका साथै यो संस्था तथा नेपाली भाषा संस्कृतिलाई माया एवं संरक्षण गर्ने/गर्न चाहने सबै महानुभावहरुसम्म यो देऊसी-भैलो कार्यक्रमको जानकारी पुर्याई आफु स-परिवार सहभागी हुन तथा यहाँको आफ्नो संस्था तथा अन्य सबैलाई स-परिवार सहभागी हुन अनुरोधका लागी समेत सादर अनुरोध गर्दछौं।

माथि उल्लेख गरेझै देऊसी-भैलो यस PABFONE को आर्थिक मेरुदण्ड रहेको र देऊसी-भैलोको परम्परा नै दान रहेका कारण ईच्छुक महानुभाव/दाताहरुले निम्न बमोजिम दान दिन सकिने व्यावस्था भएको जानकारी समेत गराउन चाहन्छौं।

दान गर्न सकिने माध्यामहरूः

१. PABFONE को नाममा चेक तयार गरी PABFONE का पदाधिकारीहरुलाई हस्तान्तरण गरेर

२. PayPal मार्फत: PABFONE_PayPal_Link

३. Zelle Transfer Email मार्फत: treasury@pabfone.org,

४. Zelle Transfer Phone मार्फत: (857)253-1383

५. Bank Deposit:
Bank of America
PABFONE

Account No. 4660 0269 7013

थप जानकारीका लागी सम्पर्कः

१. मन्दिरको फोनः (781)843-3000

२. मन्दिरको ईमेलः info@pabfone.org

अन्य सम्पर्कः

१. सुशील चन्द्र पौडेल – (857)253-1383

२. विष्णु कुमार कार्की – (857)540-9799

३. राम थापा – (617)230-1194

४. गौरव राज थपलिया – (857)399-5335

५. शुसिल गौतम – (857)290-0028

६. खगेन्द्र रेग्मी – (617)319-3407

७. परशुराम फुयाल – (617)735-5553

तथा सम्पुर्ण PABFONE पदाधिकारीहरु

धन्यवाद!

नोभेम्बर ३, २०२३, शुक्रबार