पशुपतिनाथ बुद्ध फाऊण्डेशन अफ न्यु-ईगंल्याण्ड (PABFONE) को साधारण सभा तथा नयॉं कार्यसमिति निर्वाचन प्रकृया हालको लागी स्थगित गरिएको अत्यन्त जरुरी सूचना!!
हाम्रो मातृभूमि नेपालमा अहिले भइरहेका हृदय विदारक घटनाहरू प्रति हामी अत्यन्त संवेदनशील छौ। यी घटनाका क्रममा हुन पुगेका मानवीय क्षतिहरूले हामीलाई मर्माहत बनाएको छ। हामी सबै दिवंगत आत्मा हरूप्रति शान्तिको कामना गर्दछौँ, र सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छौं।
देशमा भइरहेका दुःखद घटनाहरू प्रति संवेदनशील हुँदै यो शोकमय अवस्था मा पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यु इंग्ल्याण्डको आगामी सप्ताहन्तमा हुने भनिएको साधारण सभा तथा कार्यकारी समिति चयनको कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी गराउँछौं ।
देशमा छिटोभन्दा छिटो शान्तिको पुनर्स्थापना होस् भनेर श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरका तर्फबाट हामी प्रार्थना गर्दछौँ।
धन्यवाद
पशुपतिनाथ बुद्ध फाऊण्डेशन अफ न्यूईग्ल्याण PABFONE
सेप्टेम्बर ९,२०२५