यस पशुपतिनाथ बुद्द फाऊण्डेशन अफ न्यू-ईङ्गल्याण्ड (PABFONE) को बार्षिक साधारणसभा यस संस्थाको विधान २०१९ को दफा ६.१ बमोजिम नोभेम्बर १६, २०२४ शनिबार बिहान ९ः०० बजे यस फाऊण्डेशनको भवन 594 Washington Street Braintree, MA 02184 मा हुने गरी आव्हान गरिएकोमा उक्त मिति, समय, र स्थानमा विधानको दफा ६.२ मा तोकिए बमोजिमको गणपुरक संख्या (Quorum) नपुगेका कारण विधानको दफा ६.२ को व्यावस्था बमोजिम निम्न मिति, समय, र स्थानमा निम्न बमोजिमका छलफलका विषयहरु (Agendas) समावेश गरी पुनः दोस्रो पटक साधारण सभाको आव्हान गरिएको छ।
कार्यक्रम
बार्षिक साधारणसभा (Annual General Assembly – GA)
मितिः डिसेम्बर १, २०२४ आईतबार (Sunday, December 1, 2024)
समयः दिँऊसो २:३० बजे (2:30 pm)
स्थानः पशुपतिनाथ बुद्द फाऊण्डेशन अफ न्यू-ईङ्गल्याण्ड
(PABFONE) को भवन 594 Washington Street Braintree, MA 02184
छलफलका विषय (Agendas)
१. बार्षिक प्रतिवेदनमा छलफल तथा अनुमोदन
२. आर्थिक प्रतिवेदनमा छलफल तथा अनुमोदन
३. आगामी कार्यक्रमबारे छलफल तथा अनुमोदन
४. लेखा परिक्षक नियुक्ती
५. विविध
अतः यसै सुचनालाई आधार मानी तोकिएको मिति, समय, र स्थानमा उपस्थित भई साधारणसभामा भाग लिनु हुन सम्पुर्ण सदस्य ज्युहरुमा जानकारीका साथ सुचित गरिन्छ। धन्यवाद ।
भवदीय,
परशुराम फुयाल
प्रवक्ता
यस पशुपतिनाथ बुद्द फाऊण्डेशन अफ न्यू-ईङ्गल्याण्ड (PABFONE)