Pashupatinath Buddha Temple

कार्यक्रम

August 16 Sunday to August 23 Sunday
Daily from 8 am to 8 pm
Pashupatinath Buddha Temple and Nepali Community Center
594 Washington St. Braintree, MA

पहिलो दिन, August 16, Sunday

आज आइतबार, August 16, दिउँसो २ बजे Braintree Town Hall बाट सुरु हुने “बोस्टन सप्ताह ज्ञान महायज्ञ २०२६” को भव्य कलश यात्रामा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा नेपाली मनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

कलशयात्रा
🎺 पञ्चेबाजा, विभिन्न बाजागाजा, नाच, झाँकी तथा विविध नेपाली भेषभूषासहित आयोजना हुने यस ऐतिहासिक कलश यात्रामा हजारौँ नेपालीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। ❤️

सुरुवात: Braintree Town Hall
1 J.F. Kennedy Memorial Dr., Braintree, MA
🕑 समय: दिउँसो २ बजे
➡️ समापन: हाम्रो मन्दिर
594 Washington St., Braintree, MA

🚗 पार्किङ स्थानहरू
कलश यात्रामा सहभागी हुनुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा परिवारजनका लागि निम्न स्थानहरूमा पार्किङ गर्न सकिनेछ:

1️⃣ Braintree Town Hall
📍 1 J.F. Kennedy Memorial Dr., Braintree, MA

2️⃣ Brow Ave Parking Lot
📍 25 Brow Ave., Braintree, MA 02184

3️⃣ Hollis Elementary School Parking Lot
📍 482 Washington St., Braintree, MA 02184
➡️ अगाडि र पछाडिका दुवै parking lots प्रयोग गर्न सकिनेछ।

4️⃣ Braintree Library Parking Lot
📍 798 Washington St., Braintree, MA 02184

⚠️ महत्त्वपूर्ण सूचना:
❌ Simpson Ave. मा पार्किङ नगर्नुहोला।
❌ अन्य street मा पार्क गर्दा स्थानीय नियमको पालना गर्नुहोस् र अरूको driveway नछेक्नुहोला।
🚇 Red Line बाट आउनुहुनेहरूका लागि:

Braintree Town Hall स्टेशनबाट केही मिनेटको पैदल दूरीमा रहेको छ।
आउनुहोस्, नेपाली संस्कृति, एकता, भाइचारा र धार्मिक आस्थाको यस भव्य उत्सवलाई अझ भव्य र अविस्मरणीय बनाऔँ! ❤️🇳🇵🇺🇸
सबै जना परिवारसहित सहभागी बनौँ। 🙏🌺

जय शम्भो! 🙏

🤞Don't Miss Temple Updates!