Pashupatinath Buddha Temple

Loading Events

« All Events

  • This event has passed.

दशैं २०८३

October 5 @ 8:00 am - 5:00 pm

बडादशैं २०८३ का अवसरमा जमरा राखिदै

नेपालीहरूको महान् पर्व बडादशैं २०८३ हाम्रो घर–आँगनमा भित्रिँदैछ। हरेक वर्षझैँ यस वर्ष पनि श्री पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु–इङ्ग्ल्याण्ड (PABFONE) ले बडादशैंको पावन अवसरमा घटस्थापनाका दिन देखि जमरा राखी नवदुर्गाको विधिपूर्वक पूजा–आराधना गर्दै बडादशैं पर्व मनाउने व्यवस्था गरेको छ। मन्दिरका लागि मात्र नभई इच्छुक भक्तजन तथा श्रद्धालुहरूका लागि समेत जमरा राख्ने परम्परा रहि आएको छ। भक्तजनहरूको अनुरोध अनुसार राखिएका जमराको घटस्थापना देखि विजया दशमी सम्म नियमित रूपमा पूजा–आराधना गरिनेछ र विजया दशमीका दिन विशेष पूजा सम्पन्न भएपछि सम्बन्धित भक्तजनहरूलाई जमरा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

यसैअनुरूप, यस वर्ष अक्टोबर ११, २०२६ आइतबार (वि.सं. २०८३ साल असोज २५ गते आइतबार) का दिन घटस्थापनाको अवसरमा मन्दिरमा जमरा राखिनेछ। आफू तथा आफ्नो परिवारको तर्फबाट मन्दिरमा जमरा राख्न इच्छुक भक्तजनहरूले तल उपलब्ध गराइएको लिंकमा गई निर्धारित शुल्क बुझाई जमरा राख्नका लागि अनुरोध दर्ता गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। मन्दिरमा विधिपूर्वक राखिएको उक्त जमरा विजया दशमी, अक्टोबर २१, २०२६ बुधबार (वि.सं. २०८३ साल कार्तिक ४ गते बुधबार) का दिन नियमित पूजा सम्पन्न भएपछि मन्दिरबाट ग्रहण गरी आफ्नो घरमा लगी परिवार तथा आफन्तजनका साथ विजयादशमी मनाउन सकिने व्यवस्था गरिएको छ।

बडादशैं हाम्रो धार्मिक तथा सांस्कृतिक परम्परा, पारिवारिक एकता र आपसी सद्भावको पर्व समेत भएकाले यस पावन अवसरमा सम्पूर्ण भक्तजन तथा श्रद्धालुहरूलाई सहभागी भई पर्वको धार्मिक तथा सांस्कृतिक गरिमा अभिवृद्धि गर्न हार्दिक अनुरोध गर्दछौँ। सम्पूर्ण भक्तजन तथा श्रद्धालुहरूमा बडादशैं २०८३ को हार्दिक मंगलमय शुभकामना!

https://forms.gle/3v2zzhtvauyswXnb9

श्री पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु–इङ्ग्ल्याण्ड (PABFONE)
पशुपतिनाथ बुद्ध मन्दिर

Details

Date:
October 5
Time:
8:00 am - 5:00 pm