Pashupatinath Buddha Temple

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू,

आउँदै गरेको यसवर्षको महान् चाड विजया दशमी (वडा दशैं २०८०) को शुभ उपलक्षमा यहाँहरू सवैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

विगतका वर्षहरूमाझैं यस वर्ष पनि यहाँहरूको सुविधालाई ध्यानमा राख्दै  पशुपतिनाथ तथा बुद्ध मन्दिरमा घटस्थापनाका दिनबाट दुर्गा भवानीको पूजा आराधना गरि जमरा राख्ने व्यवस्था गरिएको कुरा जानकारी गराउँदछौं।

यही October 15, Sunday परेको घटस्थापनाका दिन विधि विधान अनुसार दुर्गा स्थापना गरेर सप्तशती, चण्डी पाठ एवं देवीका विविध स्तुति मन्त्रहरू पारायण सहित जमरा राखिने छ। 

नौ दिनसम्म विधिपूर्वक  दुर्गा पूजापाठद्वारा राखिएको जमरा विजया दशमी टिकाको दिनमा मन्दिर बाट  बितरण गरिने व्यवस्था मिलाईएको सबैलाई जानकारी गराउदछौं।

दुर्गा भवानीले हामी सबैको कल्याण गरून्।

पशुपतिनाथ बुद्द फाउण्डेसन अफ न्यू-ईंग्ल्याण
(PABFONE)