यस पशुपतिनाथ वुद फाऊण्डेशन अफ न्यूईग्लांडको वोर्डअफ टस्ट्रिको गत अगस्ट १० तारेख सम्पन्न बैठकको निर्णयले गठित निर्वाचन समितिले पशुपतिनाथ वुद फाऊण्डेशन अफ न्यूईग्लांडको आगामी २०२५-२०२७ सम्म बहाल रहने कार्य समितिको निर्वाचन सम्पन्न गर्न पशुपतिनाथ वुद फाऊण्डेशन अफ न्यूईग्लांडको संशोधित विधान २०१९ को दफा ८.८ को अधिनमा रहि यस अघि सेप्टेम्बर १४ मा निर्वाचन गर्ने गरी निर्वाचन तालिका प्रकाशित गरिएकोमा नेपालमा उत्पन्न विषम परिस्थितिका कारण सेप्टेम्बर ९ मा अर्को सुचना जारी गरी यस फाउण्डेशनको साधारण सभा तथा निर्वाचन प्रकृया स्थगित गरिएकोमा आजकै मितिमा फाउण्डशनको साधारणसभा सेप्टेम्बर २१, २०२५ आईतबार दिँउसो ३:०० बजे हुनेगरी सुचना प्रकाशित भएको र निर्वाचन समितिलाई पनि सोही समयलाई मध्यनजर गरी निर्वाचन प्रकृया अगाडी बढाउन जानकारी प्राप्त भए बमोजिम यो निर्वाचन तालिका प्रकाशन गरीएको छ ।
१. आगामी दुई (२०२५-२०२७)बर्षको लागी हुन गईरहेको निर्वाचनमा निम्नानुसरको पद र संख्यामा निर्वाचन हुनेछ ।
अध्यक्ष – संख्या १
प्रथम उपाध्यक्ष – संख्या १
दितिय उपाध्यक्ष – संख्या १
त्रितृय उपाध्यक्ष – संख्या १
महासचिब – संख्या १
सचिब – संख्या १
कोषाध्यक्ष – संख्या १
सह कोषाध्यक्ष – संख्या १
प्रवक्ता – संख्या १
सदस्य – संख्या १७
२. निर्वाचनमा चुन्न र चुनिनको लागी पशुपतिनाथ वुद फाऊण्डेशन अफ न्यूईग्लांडको संशोधित विधान २०१९ को दफा ४.८.२ को व्यवस्था अनुसारको सदस्यता मापदण्ड पुरा गरी यस अघी प्राकशित भई, दिईएको अवधि भित्र दावी विरोधको प्रकृया समेत पुरा गरी यही सेप्टेम्बर १३, २०२५ प्रकाशित भएको अन्तिम मतदाता नामावलीमा नाम सुचिक्रित भएको हुनु पर्नेछ ।
३. आगामी दुई (२०२५-२०२७) बर्षको लागी हुन गईरहेको निर्वाचनमा यस फाऊण्डेशनको विधान २०१९ को दफा ४.८.२ को व्यवस्था अनुसारको सदस्यता मापदण्ड पुरा महानुभाबहरू मात्र निर्वाचनमा चुन्न र चुनिनको लागी योग्य हुनेछन।
४. नयॉं बन्ने कार्यसमितिमा चुनिनको लागी यही सेप्टेम्बर २१, २०२५ आईतबार बिहान १०:०० देखि मध्यान्न १२:०० बजे सम्म संस्थाको विधानको अधिनमा रही यसै सुचनाको नं.१ मा उल्लेखित एक पदका लागी उम्मेदारी दाखिला गर्न सकिनेछ ।
५. सेप्टेम्बर २१, २०२५ आईतबार दिँउसो १२:३० बजे उम्मेदारहरूको नामावली प्रकाशन गरिनेछ।
६. सेप्टेम्बर २१, २०२५ आईतबार दिँउसो १२:३० बजे देखी दिँउसो १:०० बजे सम्म उम्मेदारहरूको नामावली उपर दावी विरोध गर्न तथा सम्बन्धित उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन सकिनेछ।
७. सेप्टेम्बर २१ आईतबार २०२५ दिँउसो १:०० बजे उम्मेदारहरूको अन्तिम नामावलि प्रकाशन गरिनेछ।
८. सेप्टेम्बर २१, २०२५ आईतबार दिनको १:३० बजे देखि ३:०० बजे सम्म मतदानको समय तोकिएको छ।
९. सेप्टेम्बर २१, २०२५ आईतबार माथी नं.८ मा तोकिएको समयमा मतदान कार्य सम्पन भएपछि मतगणना तथा निर्वाचन परिणाम घोषणा गरिनेछ।
१०. निर्वाचन समितिको कार्यलय पशुपतिनाथ वुद फाऊण्डेशन अफ न्यूईग्लांडको भबन (594 Washington St, Braintree MA 02184)मा तोकिएको छ ।
११. निर्वाचन संग सम्वन्धित सम्पूर्ण कागजात निर्वाचन समितिको कार्यलयबाट प्राप्त गर्न सकिने छ ।
१२. निर्वाचन प्रकृयामा सहभागी भई चुनिनका लागी उम्मेदवारी शुल्कः निम्न बमोजिम तोकिएको छः
– अध्यक्ष ३००
– उपाध्यक्ष, महासचिब,सचिब ,कोषाध्यक्ष र सह कोषाध्यक्ष र प्रवक्तालाई २५० डलर र
– सदस्यहरूलाई १५० डलर
धन्यबाद!
पशुपतिनाथ वुद फाऊण्डेशन अफ न्यूईग्लांड (PABFONE)
निर्वाचन समिति
संयोजक विष्णु कार्कि
सदस्यः-डा.उषा शर्मा
सदस्यः- प्रकाश अधिकारी
प्रकाशित मितिः सेप्टेम्बर १३, २०२५ शनिबाार
(पनःश्चः यही सेप्टेम्बर २१ आईतबार दिंउसो ३:०० बजे यस फाऊण्डेशनको नियमित साधारणसभा हुनेछ। साधारण सभामा यस फाऊण्डेशनका सम्पुर्ण सदस्यहरु, दाताहरु, भक्तजनहरु लगायत सबै जना सहभागी हुन, आफ्ना धारणा राख्न, र अन्य प्रकृयामा सहभागी हुन पॉंउनु हुनेछ।
तर कुनै विषयमा निर्णयकालागी मतदान हुने अवस्था भएमा भने यसै सुचना को नं.२ बमोजिम मतदाता नामावलीमा सुचिकृत सदस्यहरुले मात्र मतदान प्रकृयामा सहभागी हुन पॉंऊनु हुनेछ।)