यस श्री पशुपतिनाथ बुद्द फाउण्डेशन अफ न्यू-ईङ्गल्याण्ड (PABFONE) को साधारणसभा (General Assembly) यही २०२५ सेप्टेम्बर १४ आईतबार (Sunday, September 14, 2025) का दिन हुने निर्णय भएको र यो साधारणसभा बाट २०२५-२०२७ का लागी नयाँ कार्य-समिति समेत चयन गर्नु पर्ने भएकोले निर्वाचन प्रकृया पुरा गरी नयाँ कार्य-समिति गठन प्रकृया पुरा गर्नका लागी यस संस्थाको विधान बमोजिम संस्थाको बोर्ड अफ ट्रष्टि (BOT) को बैठकले यस संस्थाको कार्य-समितिका पूर्व अध्यक्ष श्री बिष्णु कार्कीको संयोजकत्वमा निम्न बमोजिमको ३ सदस्यिय निर्वाचन समिति गठन गरिएको व्यहोरा जानकारी गराईन्छ।
निर्वाचन समितिः
संयोजकः श्री बिष्णु कार्की
सदस्यः श्री प्रकास अधिकारी
सदस्यः डा. श्री उषा शर्मा
धन्यवाद!
परशुराम फुयाल
प्रवक्ता
श्री पशुपतिनाथ बुद्द फाउण्डेशन अफ न्यू-ईङ्गल्याण्ड (PABFONE)
मितिः आईतबार, अगष्ट १०, २०२५
