भैलीधौसीमा मन्दिरलाई दान दिन अपिल ।
जति मनमा आऊछ भन्नुहोला।
भैलीधौसीको दानले मन्दिरलाई धान्दै आएको छ ।यो दान र यो बर्ष डिसेम्बरसम्मको सबैदान जोडेर ताम्रपत्रमा लेख्ने निर्णय भएको छ । त्यसैले बोलेको दिन बाँकी छ भने त्यो पनि दिऊ , मन्दिर हाम्रै हो , राम्रै बनेको छ ।यसलाई धान्ने अझै राम्रो बनाऊने दायित्व पनि तपाई हामी सबैको हो ।
बोष्टनमा दानले नै बनेको, दानलेनै धानेको हाम्रो पशुपतिबुद्द मन्दिरलाई धान्नै पर्र्यो ।बोष्टनमा नेपालीले गरेको राम्रो काम, देखाऊन लायक़ काम हो , धेरै दिन नसकेपनि सधै दिन नसकेपनि बेलाबखत बर्षमा एकपटक ऊठाऊनै पर्ने स्थिति छ त्यसैले आ-आफ्नो क्षेत्रका नाड़लो प्रतिनिधिले सम्पर्क गरे ऊहाहरुलाई ,नत्र प्याब्फोनका पदाधिकारीलाई भेटेर जति सक्नुहुन्छ दान दिनुहोला, जति मनमा आऊछ, भन्नुहोला। दानदाताको अग्रिम लिष्ट प्रकाशित गर्नेछौ यसले अरुलाई पनि जगाऊनेछ राम्रो माहौल बनाऊनेछ । साथै नोभेम्बर १ ता बेलुका मन्दिरमा हुने भैलीधौसी ईभेन्टमा पनि आऊनुहोला हार्दिक निमन्त्रणा। धन्यवाद ।
फेरिपनि
“यहाको दान मन्दिरलाई कति लेखौ भन्नुस है ।”